आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

औपचारिक कार्यक्रम छाडेर दलहरू भूकम्पपीडितको राहत र उद्धारमा सक्रिय

औपचारिक कार्यक्रम छाडेर दलहरू भूकम्पपीडितको राहत र उद्धारमा सक्रिय

  • मिडिया डबली
  • आइतवार, कार्तिक १९ २०८०

  • 1.7K
    SHARES

  • औपचारिक कार्यक्रम छाडेर दलहरू भूकम्पपीडितको राहत र उद्धारमा सक्रिय

    काठमाडौं - नेपालका सबै राजनीतिक दल जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको राहत र उद्धारका लागि सक्रिय भएका छन् ।

    उनीहरूले आ–आफ्नो पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्दै पीडितको राहत र उद्धारमा सक्रिय बन्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

    शुक्रबार मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ जनाको मृत्यु भएको छ । हजारौं घर क्षति भएको छ । घाइतेको संख्या दुई सयभन्दा बढी भएको छ ।

    आठ वर्षपछि नेपालमा भूकम्पबाट ठूलो क्षति भएपछि दलहरू उद्धार र राहतमा जुटेका हुन् । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ ।

    बैठक आइतबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्दैछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिको निम्ति आमन्त्रण गरिएको छ ।

    कांग्रेस अहिले मंसिरमा हुन लागेको महासमिति बैठकमा केन्द्रित छ । तर त्यसका लागि आयोजना हुने कार्यक्रम स्थगित गर्दै कांग्रेस उद्धार र राहतमा केन्द्रित भएको हो ।

    कांग्रेसले पीडितको लागि ५० लाख सहयोग गरेको छ । यस्तै, एमाले पनि औपचारिक कार्यक्रम छाडेर उद्धार राहतमा जुटेको छ । एमालेले एक करोड सहयोग गर्ने घोषणा गरेको छ ।

    एमालेले उपमहासचिव विष्णु रिमालको नेतृत्वमा टोली प्रभावित क्षेत्रमा पठाएको छ । माओवादीले आज पदाधिकारी बैठक राखेको छ ।

    माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार दिनभरि जाजरकोट र रुकुम पश्चिममा खटिएका थिए ।

    उसले आफ्ना पार्टीका ेनता कार्यकर्तालाई प्रभावित स्थलमा पुगी राहत र उद्धारमा खट्न निर्देशन दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले महासचिव मुकुल ढकाल नेतृत्वको टोली प्रभावितस्थल पठाएको छ ।

    सो पार्टीका सभापति रवि लामिछाने शनिबारदेखि नै जाजरकोट र रुकुम पश्चिमतिर नै छन् । राप्रपाले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीको नेतृत्वको दुई सदस्यीय टोली भूकम्पपीडित क्षेत्रमा खटाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १ २०७७०६:५८:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend