बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
आजको बिशेष

जाजरकोटमा भूकम्प : मृतकको संख्या कति पुग्यो ?

जाजरकोटमा भूकम्प : मृतकको संख्या कति पुग्यो ?

  • मिडिया डबली
  • शनिवार, कार्तिक १८ २०८०

  • 2.9K
    SHARES

  • जाजरकोटमा भूकम्प : मृतकको संख्या कति पुग्यो ?

    काठमाडौं - पश्चिम नेपालमा शुक्रवार गएको भूकम्प परेर अहिलेसम्म एक सय २८ जनाको मृत्यु भएको छ ।

    भूकम्पबाट जाजरकोट र रुकुममा ठूलो क्षति भएको छ । जाजरकोटमा मात्रै मृत्यु हुनेको संख्या ९२ पुगेको छ भने रूकुममा कम्तिमा ३६ जनाको मृत्यु भएको रुकुम प्रहरीले जनाएको छ ।

    रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले ३६ बढीको मृत्यु भएको र ५३ जना अस्पतालमा भर्ना भएको जानकारी दिनुभयो । रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् ।

    भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् । डिएसपी भट्टराईले मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध भएको जानकारी दिनुभयो ।

    जाजरकोटको भेरी नगरपालिकामा ९ जना र कुशे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक १८ २०८००९:३६:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend