काठमाडौँ- सर्वाेच्च अदालतको परमादेशसँगै योगराज ढकाल रिगल पक्राउ परेका छन् ।
नेपालगञ्जको प्रेम हल नजिकैबाट उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए ।
उनलाई जेल चलान गर्न लागिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले उनको ६० प्रतिशत कैद कट्टा गर्ने निर्णय गरेकोमा सर्वाेच्चले त्यसलाई बिहीबार खारेज गरेको हो ।
चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या अभियोगमा ढकाललाई जन्मकैद सजाय भएकोमा सरकारको सिफारिसमा राष्ट्रपतिले गत असोज ३ को संविधान दिवसमा ६० प्रतिशत कैद कट्टा गरी छाड्ने निर्णय भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।