बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

मुद्दा जितेपछि भारती वीर अस्पताल पुगिन्

मुद्दा जितेपछि भारती वीर अस्पताल पुगिन्

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १६ २०८०

  • 4.1K
    SHARES

  • मुद्दा जितेपछि भारती वीर अस्पताल पुगिन्

    काठमाडौं - जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतले बदर हुने आदेश दिएपछि भारती मानन्धर वीर अस्पताल पुगेकी छन् ।

    सर्वोच्चको आदेश सुनेलगत्तै भारतीलाई गाडीमा हालेर सहयोगीहरूले वीर अस्पताल लगेका हुन् । आमरण अनशनका कारण भारतीको स्वास्थ्य अवस्था निकै कमजोर भइसकेको छ ।

    उनको शरीरमा ग्लुकोजको मात्रासमेत घटेको छ । भारतीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो अभियानमा साथ दिने सबैलाई धन्यवाद दिने र यो विषयमा जानकारी दिने भएकी छन् ।

    न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा.कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।

    आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

    रिटमाथि सुनुवाइ गर्दै अदालतले बिहीबार कैद सजाय मिनाहाको निर्णय बदर हुने आदेश सुनाएको हो । अब रिगल पुनः पक्राउ पर्ने छन् । र, बाँकी कैद सजाय भुक्तान गर्न कारागार जानेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक १६ २०८००३:५३:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend