बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

आफ्नो पोल खुल्ने डरले माओवादी सरकारले लेलिन विष्टलाई राख्यो नजरबन्दमा

आफ्नो पोल खुल्ने डरले माओवादी सरकारले लेलिन विष्टलाई राख्यो नजरबन्दमा

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १४ २०८०

  • 2.0K
    SHARES

  • आफ्नो पोल खुल्ने डरले माओवादी सरकारले लेलिन विष्टलाई राख्यो नजरबन्दमा

    काठमाडौं - माओवादी लडाकु शिविरमा भएको घोटाला र चरम श्रम शोषणको विषय संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले थाहा पाउने डरले सरकारले पूर्वबाल लडाकु लेलिन बिष्टलाई नजरबन्दमा राखेको छ ।

    नेपाल भ्रमणमा रहेका राष्ट्रसंघका महासचिव गुटेरेसलाई बाल लडाकुको समस्याबारे ज्ञापनपत्र बुझाएका बिष्ट र भोजराज तिमल्सिनालाई प्रहरीले वीर अस्पतालबाट बाहिर निस्किन नदिएको बुझिएको छ ।

    छोराका हत्यारालाई कारबाहीको माग राखेर वर्षौंदेखि अनशनमा बस्दै आएकी गंगामाया अधिकारीलाई भेटेर फर्किने क्रममा विष्ट र अधिकारीलाई प्रहरीले बाहिर निस्किन नदिएको हो ।

    प्रहरीले प्रधानमन्त्रीको आदेश भन्दै बाहिर निस्किन नदिएको बिष्टले आफूनिकटलाई बताएका छन् । गोरखा फुजेलका गंगामाया अधिकारीका छोरालाई माओवादी लडाकुले चितवनमा हत्या गरेका थिए ।

    छोराले न्याय पाउनुपर्ने माग गर्दै अनशनमा बसेका गंगामाया अधिकारीको त्यहीम् मृत्यु भएको थियो । उनको शव अहिलेसम्म अस्पतालमै छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक १४ २०८००५:३६:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend