काठमाडौं - कतारका अमिर शेख बिन हमाद अल थानी तत्काल नेपाल नआउने भएका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन विद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण थानीले नेपाल भ्रमण स्थगित गर्नुपरेको हो ।
यसअघि उनले कात्तिक २० देखि २१ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । काठमाडौंस्थित कतारी दूतावासले आइतबार परराष्ट्र मन्त्रालयलाई अमिर थानीको भ्रमण स्थगित भएको जानकारी गराएको हो ।
परराष्ट्रले कतारी अमिरको नेपाल भ्रमणको सम्पूर्ण तयारी गरिसकेको थियो । आपसी छलफलपछि मात्रै अब कतारी अमिरको नेपाल भ्रमणको अर्को मिति तय गरिने भएको छ ।
गत शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तराृष्ट्रिय सम्बन्ध बलियो बन्दै गएकाले कतारका राजा नेपाल आउन लागेको बताएका थिए । त्यसको दुई दिनमै उनको भ्रमण स्थगित भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।