बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

दिनदहाडै मारिए प्रधानाध्यापक, कहाँ छन् गृहमन्त्री ?

दिनदहाडै मारिए प्रधानाध्यापक, कहाँ छन् गृहमन्त्री ?

  • मिडिया डबली
  • सोमवार, कार्तिक १३ २०८०

  • 4.6K
    SHARES

  • दिनदहाडै मारिए प्रधानाध्यापक, कहाँ छन् गृहमन्त्री ?

    काठमाडौं - बाराको कलैयामा दिनदहाडै गोली प्रहारबाट स्कुलका प्रधानाध्यापक मारिएका छन् ।

    बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

    सोमबार दिउँसो कलैया निवासी रुपेशको छाती र घाँटीमा दुई राउन्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ । स्कुल नजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार भएको हो ।

    स्वर्णकार अन्नपूर्ण स्विटसबाट मिठाई किनेर मोटरसाइकलमा कलेजतर्फ फर्किरहेका बेला मोटरसाइकलमा सवार तीनजना अज्ञात समूहले छाती र टाउकोमा दुई राउन्ड गोली हानेर फरार भएका छन् ।

    बारा प्रहरी प्रमुख सुरेश काफ्लेले घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बताएका छन् ।

    तर प्रधानाध्यापक जस्तो व्यक्ति दिनदहाडै मारिँदा पनि गृह मन्त्रालयको नेतृत्व गर्ने माओवादी नेता नारायणकाजी श्रेष्ठ चुपचाप छन् ।

    चीन भ्रमणमा गएका बेला हर्टअट्याक भएपछि एक साता लामो उपचारपछि स्वदेश फर्केका श्रेष्ठले अझै मन्त्रालयको जिम्मेवारी सम्हालेका छैनन् । गृह मन्त्रालय नेतृत्वविहीन हुँदा अपराधीको मनोबल बढ्दै गएको छ ।

    चार दिनअघि मुगुमा एउटा परिवारका चारैजनाको सामूहिक हत्या भयो । तर अझै पनि अपराधी पक्राउ पर्न सकेका छैनन् । तैपनि माओवादी नेताहरू देशमा शान्ति सुरक्षा कायम छ भन्दै भाषण दिएर हिँडेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक १३ २०८००६:२७:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend