बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: लुकेको लागतसहितको उपहार 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: लुकेको लागतसहितको उपहार 

  • मिडिया डबली
  • सोमवार, कार्तिक १३ २०८०

  • 2.0K
    SHARES

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: लुकेको लागतसहितको उपहार 

    चिनियाँ ऋणमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उच्च लागत र गुणस्तरहीनताले नेपाललाई ऋणको जालमा फसाउने सम्भावना बढ्दै गएको छ ।

    २१५ मिलियन डलरको लागतमा निर्मित यश बिमानस्थलमा २% ब्याज दर र १५-२० वर्षको चुक्ता अवधिको शर्तको साथ चीनले वित्त पोषण गरेको थियो। यो विश्व बैंक र एसियाली विकास बैंक जस्ता अन्य बहुपक्षीय ऋणदाताहरूले प्रस्ताव गरेको व्याज दर र सर्तहरू भन्दा धेरै हो।

    यसका अलावा चिनियाँ निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले सुपरिवेक्षणमा गडबड गरेको र निर्माण मापदण्डलाई बेवास्ता गरेको विभिन्न अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरूले सार्वजनिक गर्दैआएको छ। यसले विमानस्थलको सुरक्षा र स्थायित्वमा समेत चिन्ता बढाएको छ । 

    सो विमानस्थलले नेपाललाई ऋणको जालमा फसाउन सक्ने समेत विज्ञहरुले चेतावनी दिएका छन् । चुप्ता अबधीमा ऋण तिर्न नसकेमा चीनले ऋणमुक्तिको बदलामा रणनीतिक सम्पत्ति वा राजनीतिक सहुलियतको माग गर्ने गरेको थुप्रै उदाहरणहरू छ्न। 

    चीनले बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत हालैका वर्षहरूमा नेपालको पूर्वाधारमा ठूलो लगानी गरेको छ। तर केही विज्ञहरूले चीनको ऋण अन्य देशहरूमाथि दबाब दिनको लागि डिजाइन गरिएको चेतावनी दिन्छन्।

    त्यसकारण, नेपालले थप ऋण लिनुअघि चिनियाँ लगानीमा निर्माण भएका आयोजनाहरूको जोखिम र फाइदालाई राम्ररी विचार गर्नुपर्ने विज्ञहरूले सुझाएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र ३ २०७९०६:१४:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend