काठमाडौं - एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाहीविरुद्ध प्रहरीमा यौन दुव्र्यवहारको उजुरी परेको छ।
केही दिनअघि १७ वर्षीया एक किशोरीलाई शाहीले शारीरिक सम्पर्कका लागि प्रस्ताव गरेको अडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
उनले प्रलोभनमा पारेर किशोरीसमक्ष राखेको प्रस्तावको अडियो प्रमाणसहित पीडित किशोरीका अभिभावकले प्रहरीसमक्ष जाहेरी दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले शाहीविरुद्ध बाल यौन दुर्व्यवहारको उजुरी परेको जनाएको छ । पीडित किशोरीका नातेदारले बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएका हुन् ।
जाहेरीपछि यसबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ । शाहीले पढाइ खर्च उपलब्ध गराइदिने आश्वासन दिँदै किशोरीसमक्ष यौन प्रस्ताव राखेको अडियोमा सुन्न सकिन्छ ।
यस विषयमा एमालेले शाहीविरुद्ध छानबिन गरी पदीय जिम्मेवारीबाट मुक्त गर्ने तयारी गरेको स्रोतले बताएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।