काठमाडौं - एमाले जुम्ला उपाध्यक्ष सुरतबहादुर शाहीको अश्लील हर्कत बाहिरिएपछि पार्टीमा बबन्डर मच्चिएको छ ।
शाहीले आफ्नै भतिजीमाथि यौन प्रस्ताव राखेको अडियो बाहिर आएपछि पार्टीमा खैलाबैला मच्चिएको हो । उनले आफ्नै भतिजीसँग फोनमा कुराकानी गरेको अडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
अडियोमा शाहीले पढाइ खर्च उपलब्ध गराइदिने प्रलोभनमा यौन प्रस्ताव गरेको सुनिन्छ । उनले ‘सेक्स’ भनेको बुझ्यौ ? भनेर टेलिफोन संवादमा सोधेका छन् । किशोरीले पनि ‘अ बुझेँ’ भनेर जवाफ दिएकी छन् ।
टेलिफोनको प्रारम्भमा शाहीले पढ्ने कुरो सबै फिक्सड गरेको, भोलि भेटेर कुरा गर्ने र अनलाइनमा धेरै कुरा गर्न नहुने भन्दै सेक्सको सन्दर्भ निकालेको सुनिन्छ ।
टेलिफोन वार्तामा भएको कुरो कसैलाई नभन्न आग्रह गर्दै शाहीले ‘इन्ट्रान्स’ र कोठाको सन्दर्भ निकालेका छन् । किशोरीले कोठामा आउँछु भनेकी छन् ।
दिउँसो आमाको अपरेशन हुने जानकारी गराउँदै आफूले गरेको प्रतिबध्दता सबै पूरा गर्ने शाहीले किशोरीलाई बताएका छन् । ‘मैले भनेको कुरा के हो भन त ? कि म भनौं ?’ किशोरी भन्छिन्, ‘तपाईं नै भन्नुस् न,’ अडियोमा सुन्न सकिन्छ । शाहीले सोध्छन्, ‘भनौं ? गाली त गर्दैनौ नि ?’ किशोरीले गाली नगर्ने बताएपछि उनले भनेका हुन्, ‘सेक्स भन्या त बुझ्यौ ?’ लगत्तै किशोरी भन्छिन्, ‘अँ बुझेँ ।’ त्यसपछि उनले किशोरीसँग एउटा फोटो पठाइदिन आग्रह गर्छन् ।
अश्लील हर्कतको अडियो बाहिरिएपछि शाहीमाथि एमालेले छानबिन थालेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।