आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सरकारले विदेशी भूमिमा मृत्यु भएका नेपाली नागरिकप्रति सामान्य शिष्टाचारसमेत देखाउन सकेन

सरकारले विदेशी भूमिमा मृत्यु भएका नेपाली नागरिकप्रति सामान्य शिष्टाचारसमेत देखाउन सकेन

  • मिडिया डबली
  • सोमवार, आश्विन २२ २०८०

  • 1.9K
    SHARES

  • सरकारले विदेशी भूमिमा मृत्यु भएका नेपाली नागरिकप्रति सामान्य शिष्टाचारसमेत देखाउन सकेन

    काठमाडौं - इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

    एकजना बेपत्ता भएका छन् । किबुज अलुमिनमा रहेका १७ विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । ती विद्यार्थी गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए ।

    उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् । तर दश—दशजना नेपाली नागरिकको विदेशी भूमिमा मारिँदासमेत सरकारले सामान्य शिष्टाचार देखाउन सकेको छैन ।

    घटनामा परी निधन भएका विद्यार्थीहरूप्रति श्रद्धाञ्जली दिन र घाइतेहरुलाई शीघ्र स्वास्थ्य लाभ भन्न सकेको छैन । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पनि जे जसरी घटनाबारे ब्रिफिङ गर्नुपर्ने हो त्यो सकेको देखिएन ।

    कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा उनले भनेकी छन्, ‘हामीले नचाहँदा नचाहँदै दुःखद खबर सुनाउनुपर्‍यो । घाइते विद्यार्थीलाई तुरुन्त उपचारको प्रबन्ध गर्न इजरायलको सबै तहमा प्रयास गरेका थियौं । जुन सफल हुन सकेन ।’

    यसो भन्दै गर्दा राजदूत रिजालमा थोरै पनि संवेदना देखिएन । बरु उनले यो घटनाबारे सबै परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको भन्दै उम्किन खोजेको देखिन्छ । परराष्ट्र मन्त्रालयले प्राप्त गरेको सूचीअनुसार कैलालीको घोडाघोडी नगरपालिका– ४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका– ६ का गणेशकुमार नेपाली, कैलाली बौनियाँका आशीष चौधरी, दार्चुलाको लेकम गाउँपालिका– ५ का दीपेशराज विष्ट, डोटीको तत्कालीन पचनली गाविस– ३ का राजन फुलारा, डोटीकै तत्कालीन लामिखाल गाविस– ८ का पदम थापा, सल्यानको शारदा नगरपालिका– ३ का प्रवेश भण्डारी, दार्चुलाको मालिकार्जुन नगरपालिका– ४ का लोकेन्द्रसिंह धामी, धनुषाको तत्कालीन सपही गाविस– ६ का आनन्द साह र सुनसरीको तत्कालीन मधुवन गाविस– १ का राजेशकुमार स्वर्णकारको मृत्यु भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक १० २०७७०४:०८:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend