बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
राजनीतिक बिशेष

गृह मन्त्रालय माओवादी चलाउने, अपराधी छुटे कांग्रेसलाई दोष लगाउने

गृह मन्त्रालय माओवादी चलाउने, अपराधी छुटे कांग्रेसलाई दोष लगाउने

  • मिडिया डबली
  • सोमवार, आश्विन २२ २०८०

  • 2.2K
    SHARES

  • गृह मन्त्रालय माओवादी चलाउने, अपराधी छुटे कांग्रेसलाई दोष लगाउने

    काठमाडौं - अहिले ज्यान मुद्दामा जन्मकैदको सजाय भुक्तान गरिरहेका योगराज ढकाल उर्फ रिगललाई कसको दबाबमा छुटाइयो भन्ने चासो देखिएको छ ।

    यो घटनामा नेपाली कांग्रेस र सिंगो नेतृत्वलाई मुछ्ने काम भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृह सचिव दिनेश भट्टराईको दबाबमा रिगललाई आममाफी दिने प्रक्रिया अघि बढाइएको भन्दै माओवादीका गृहमन्त्री नारायणकाजी श्रेष्ठले सूचना आफू निकट पत्रकारहरूलाई दिने थालेका छन् ।

    रिगललाई छुटाउन निर्णय गर्ने तालुकवाला मन्त्रालय गृह हो । गृहमन्त्री माओवादी नेता श्रेष्ठ छन् । तर रिगललाई कांग्रेस नेतृत्वकै दबाबमा छुटाउने निर्णय भएको भनेर उनले भ्रामक प्रचार गरेका छन् ।

    यो घटनाले अपराधी पक्राउ परे प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठको बोल्ड कदम हुने, अपराधी छुटे देउवाको दबाब भन्ने जबर्जस्त भाष्य खडा गरिएको छ ।

    संयुक्त सरकारमै रहेर गृहमन्त्री श्रेष्ठले जसरी कांग्रेस र यसको नेतृत्वलाई खुइल्याउने काम गरिरहेका छन्, यसले आमकांग्रेसी असन्तुष्ट बनेका छन् । जसले गर्दा विस्तारै प्रचण्ड नेतृत्वको सरकारबाट कांग्रेस अलग हुनुपर्ने आवाज बढ्दै गएको छ ।

    यसअघि नक्कली भुटानी शरणार्थी काण्ड र ललिता निवासको जग्गा प्रकरणमा पनि कांग्रेसकै दबाबमा संगठित अपराधका गिरोहलाई कांग्रेसले छुटाउन दबाब दिएको भन्दै गृहमन्त्री श्रेष्ठले मिडियामा समाचार लेखाएका थिए ।

    सुन तस्करी काण्डमा मुछिएका माओवादी नेताहरूलाई सुनपानी छर्किएका श्रेष्ठले कांग्रेस र एमाले नेतासँग भने इगो साँधिरहेका छन् ।

    यतिबेला योगराज ढकाल रिगललाई आममाफी दिएको विषयले नेपालको राजनीति तरंगित बनाएको छ । नेपालगन्जमा खुँडा प्रहार गरी चेतन मानन्धरको हत्या अभियोगमा रिगल जन्मकैदको सजाय पाएर जेलमा थिए ।

    संविधान दिवसको दिन असोज ३ गते असल चालचलनका आधारमा उनको बाँकी कैद मिनाहा गर्दै गृह मन्त्रालयले रिगललाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

    सोही आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई माफी दिएका थिए । तर रिगल कारागारबाट बाहिर निस्कँदा उनलाई भव्य स्वागत गरियो । फूलमालासहित अविर जात्रा गरियो । यसले सबैको ध्यान तान्यो ।

    हत्या गरेर जन्मकैद सजाय पाएका व्यक्तिलाई अविर जात्रा गरेर स्वागत गरिएको, जुलुस निकालिएको भन्दै सामाजिक सञ्जाल र मिडियामा सरकारको आलोचना भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक १७ २०८०१०:१२:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend