काठमाडौं - संविधान दिवसका दिन राष्ट्रपतिबाट आममाफी पाई रिहा भएका योगराज ढकाल उर्फ रिगलविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले बिहीबार फैसला सुनाउने भएको छ । रटमाथिको सुनुवाइ बुधबार सकिएको छ ।
बिहीबारलाई फैसला सुनाउने सर्वोच्चले जनाएको छ । त्यसैले आज रिगलको कैदमाफी रद्द हुने हो वा राष्ट्रपतिको निर्णय सदर हुने हो ? भन्ने चासो सर्वत्र देखिएको छ ।
मन्त्रिपरिषद्ले रिगललाई कैद मिनाह गर्ने गरी माफीका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो । सरकारको निर्णयलाई राष्ट्रपति पौडेलले स्वीकृति दिएका थिए । त्यसपछि संविधान दिवसको दिन रिगल कारागारमुक्त भएका थिए ।
रिगललाई कैदमाफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो । आमजनता तथा मिडिया रिगललाई कैममाफी दिने सरकारको निर्णयको विरुद्धमा छन् ।
जन्मकैद सजाय पाएको व्यक्तिले अदालतले तोकेको सजाय भुक्तान गर्नैपर्ने धेरेको भनाइ छ । गुण्डा प्रवृत्तिका व्यक्तिलाई सोर्सफोर्स र राजनीतिक पहुँचका आधारमा आममाफी दिँदै जाँदा शान्ति सुरक्षाको अवस्थामा खलल पुग्ने, अपराध गर्नेको मनोबल बढ्ने देखिन्छ ।
हालैका तीन चारवटा घटनाले राष्ट्रपतिबाट आममाफी पाएर छुटेका व्यक्ति हत्या र अपहरणमा लागेको देखिएको छ । त्यसैले पनि अदालतले रिगलको कैदमाफी रद्द गर्ने धेरैको विश्वास छ ।
यदि अदालतले रिगलको कैदमाफी रद्द गरेमा राष्ट्रपति र सरकारलाई नैतिक संकट पर्ने देखिन्छ । केही समययता सरकार र राष्ट्रपतिले गरेका निर्णय एकपछि अर्को विवादमा आएका छन् । त्यसमध्ये रिगल रिहाइ प्रतिष्ठाको विषय बनेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।