आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

रिगलपछि जेल फर्किने पालो रेशम चौधरीको, तोकियो अन्तिम सुनुवाइको मिति

रिगलपछि जेल फर्किने पालो रेशम चौधरीको, तोकियो अन्तिम सुनुवाइको मिति

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक १७ २०८०

  • 5.3K
    SHARES

  • रिगलपछि जेल फर्किने पालो रेशम चौधरीको, तोकियो अन्तिम सुनुवाइको मिति

    काठमाडौं - सरकारको सिफारिसमा कैद कट्टीसहित राष्ट्रपतिबाट आममाफी पाएर छुटेका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ अर्को साता हुने भएको छ।

    सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको मुद्दाको अन्तिम सुनुवाइ कात्तिक २३ गते हुँदैछ।

    सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफीविरुद्ध टीकापुर नरसंहारमा मारिएका तत्कालीन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफन्तले दिएको मुद्दाको अन्तिम सुनुवाइ हुन लागेको हो। 

    कानुन व्यवसायी राधिका खतिवडालगायतका दर्जनौं कानुन व्यवसायीहरुले विधिको शासन स्थापित गराउन न्यौपानेको परिवारको पक्षबाट निःशुल्क वकालत गर्दै आएका छन्।

    प्रहरी एसएसपी न्यौपानेसहित टीकापुर नरसंहारमा एक बालक हत्यासहित नौजनाको निर्मम तरिकाले हत्या गरिएको थियो। हत्या अभियोगमा तत्कालीन प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरी आफ्नो कार्यकालभरि थुनिएका थिए।

    तर, सर्वोच्चले जन्मकैदको फैसला सुनाएको केही दिनमै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई बाँकी कैद मिनाहा गरी आममाफी दिएको थियो। चौधरीलाई आममाफी दिएकोमा सर्वोच्चसमेत असन्तुष्ट रहँदै आएको थियो ।

    आफ्नो आदेशको बर्खिलाप गरी सरकारले चौधरीलाई आममाफी दिएकोमा न्यायाधीशहरूसमेत असन्तुष्ट बनेका थिए ।

    योगराज ढकाल रिगललाई सर्वोच्चले जन्मकैदको बाँकी सजाय भुक्तान गर्न पुनः पक्राउ गर्न परमादेश दिएको र हत्याका अभियुक्तलाई आममाफी दिनुअघि पीडित परिवारसँग अनुमति लिनुपर्ने सर्वोच्चको नजिरले रेशम चौधरी पनि पुनः जेल फर्किने आकलन गरिएको हो । रेशमले अहिले १२ वर्ष कैद सजाय भुक्तान गर्न बाँकी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र २४ २०७९०८:००:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend