सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

प्रदेश सरकारलाई हतियारविहीन सिपाही बनाइएकोमा कांग्रेस बागमती प्रदेश सभापति बानियाँको आपत्ति

प्रदेश सरकारलाई हतियारविहीन सिपाही बनाइएकोमा कांग्रेस बागमती प्रदेश सभापति बानियाँको आपत्ति

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ५ २०८०

  • 2.4K
    SHARES

  • प्रदेश सरकारलाई हतियारविहीन सिपाही बनाइएकोमा कांग्रेस बागमती प्रदेश सभापति बानियाँको आपत्ति

    काठमाडौं - नेपाली कांग्रेसका बागमती प्रदेशका सभापति इन्द्र बानियाँले प्रदेश सरकारलाई हतियारविहीन सिपाही बनाइएकोमा आपत्ति जनाएका छन् ।

    यस्तै अवस्था रहे संघीयता धेरै लामो समय नटिक्ने उनको दाबी छ । बानियाँले एकात्मक राज्यप्रणाली अवधारणाअनुसार सरकार चलेको आभास भइरहेको बताएका छन् ।

    कांग्रेस केन्द्रीय समिति बैठकमा उनले प्रदेश संरचनालाई सरकारले बेवास्ता गरेको भन्दै यस्तै अवस्था रहे संघीयता धेरै समय नजाने दाबी गरेका हुन् ।

    ‘संविधानले चिनेको व्यवस्थाअनुसार प्रदेश अघि बढ्न सकेन,’ उनले भने, ‘यही तरिका हो भने यो संघीयता लामो समय जाने छाँटकाँट देखिँदैन । प्रदेश सरकारसँग झण्डा र डण्डा भए पनि हतियारविहीन भएर लडाइँ लड्न जाने सिपाही जस्तो बनाइएको छ,’ बानियाँले भने ।

    पछिल्लो समय प्रदेशमा देखिएको विकृतिका कारण संघीयता नटिक्ने नेताहरूको अभिव्यक्ति आउन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १४ २०७८०२:५३:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend