सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मकवानपुरमा एमालेभित्र ठूलो पहिरो, लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश, बानियाँद्वारा स्वागत

मकवानपुरमा एमालेभित्र ठूलो पहिरो, लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश, बानियाँद्वारा स्वागत

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १८ २०७८

  • 11.4K
    SHARES

  • मकवानपुरमा एमालेभित्र ठूलो पहिरो, लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश, बानियाँद्वारा स्वागत

    हेटौँडा - मकवानपुर जिल्लामा सत्तारुढ एमालेका जिल्ला र केन्द्रीयस्तरका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मकवानपुरका प्रभावशाली नेता खेमराज सापकोटासहित सात जना नेताहरूले शुक्रबार एमाले पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

    नवप्रवेशीहरूलाई बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता एवम् मकवानपुर कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँले पार्टीमा भव्य स्वागत गरेका छन् । कांग्रेस संसदीय दलका नेता बानियाँले नवप्रवेशीहरूलाई पार्टीमा क्षमता र योग्यताका आधारमा जिम्मेवारी दिइने आश्वासन दिए ।

    ‘कांग्रेस काम गरेर देखाउने पार्टी हो । झुठको आश्वासन दिँदैन’, उनले भने, ‘कांग्रेस पार्टीमा सबैका लागि सधैँ ढोका खुला छ । आउनुस् मिलेर देश बनऔँ ।’ पूर्वराज्यमन्त्री समेत रहेका बानियाँले कम्युनिस्टहरूले देशलाई बर्बाद बनाएको भन्दै जनताको विश्वासमाथि कुठाराघात गरेको बताए ।

    कम्युनिस्टलाई जनताले दिएको झण्डै दुईतिहाइको मत नपचेको भन्दै कम्युनिस्टलाई जनताले राम्रोसँग चिन्ने मौका पाएको बताए । उनले कोरोना महामारीका बेला जनताको समस्यालाई समाधान गर्नुभन्दा पनि एमालेका नेताहरू सत्ताको कुर्सी कसरी बचाउने भनेर जनतालाई बेवास्ता गरेको बताए ।

    नेता बानियाँका स्वकीय सचिव मिलन पुडासैनीका अनुसार शुक्रबार हेटौडामा आयोजित विशेष कार्यक्रममा एमालेका प्रभावशाली नेता खेमराज सापकोटासहित ७ जना लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

    कांग्रेस प्रवेश गरेका खेमराज सापकोटा एमालेको मकवानपुरका निर्वाचित जिल्ला कमिटी सदस्य एवम् रेडक्रस मकवानपुरका मन्त्री तथा वुद्धिजीवी परिषदका जिल्ला सचिव समेत हुन् ।

    कांग्रेस प्रवेश गर्नेमा कृष्णप्रसाद ढंगाना (एमालेको जिल्ला कमिटी सदस्य), रामचन्द्र रेग्मी (युवा संघका केन्द्रीय सदस्य एवम् युवा व्यवसायी), रामजी घिमिरे (एमालेको जिल्ला सदस्य एवम् युवा संघका नेता), केशवप्रसाद सापकोटा (युवा संघको निर्वाचित जिल्ला सचिवालय सदस्य), देवराज सापकोटा (मकवानपुर गाउँ कमिटी सचिवालय सदस्य, मकवानपुरगढी) र तीर्थराज हुमागाइँ (अखिल नेपाल किसान संघ जिल्ला सदस्य एवम् मालेका नेता) रहेका छन् ।

    पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसको हेटौँडा उप–महानगरपालिकाका नगर सभापति आनन्दराम पराजुली, हेटौँडा उप–महानगरपालिका–६ का वडाध्यक्ष एवम् कांग्रेस नेता अर्जुन चौलागाइँ, नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका मकवानपुर संयोजक उत्सव इटिनी, नेपाली कांग्रेस हेटौँडा उप–महानगरपालिका–११ का सभापति विष्णु खनाललगायतको उपस्थिति रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २६ २०७८०६:२७:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend