सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सिन्धुपाल्चोकको विपदमा सरकारले लज्जास्पद काम गर्यो, कांग्रेस नेता बानियाले गरे तीन सय त्रिपाल दिने घोषणा

सिन्धुपाल्चोकको विपदमा सरकारले लज्जास्पद काम गर्यो, कांग्रेस नेता बानियाले गरे तीन सय त्रिपाल दिने घोषणा

  • मिडिया डबली
  • शनिवार, आषाढ ५ २०७८

  • 8.4K
    SHARES

  • सिन्धुपाल्चोकको विपदमा सरकारले लज्जास्पद काम गर्यो, कांग्रेस नेता बानियाले गरे तीन सय त्रिपाल दिने घोषणा

    काठमाडौं -  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सरकारले हालै ल्याएको बजेट गरिबमुखी, गाउँमुखी र उत्पादनमुखी नभएको आरोप लगाएको छ ।

    प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको बजेटले निमुखा र विपन्न जनताको विषयमा केही नबोलेको, संघीय सरकारको छायाँको रूपमा जस्तो देखिएको कांग्रेसले जनाएको छ ।

    शनिबार संसदीय दलले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रमअघि बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाले बागमती प्रदेश सरकारको बजेट संघीयतालाई बलियो बनाउने भन्दा पनि कमजोर बनाउने, संघीय सरकारको छायाँ जस्ता देखिने गरी आएको बताए ।

    वृद्ध भत्ता वृद्धि र निजामती कर्मचारीको तलब दुई हजार बढाउने निर्णय केन्द्र सरकारको सिको भएको उनको भनाइ छ । आव ०७८/७९ को बजेटमा केन्द्र सरकारले निजामतीको तलब दुई हजार वृद्धि गरेको थियो ।

    यस्तै, बागमती प्रदेश सरकारले प्रेस र वाक स्वतन्त्रतामा अंकुश लगाउन आफैंले मिडिया हाउस खोल्न लागेको भन्दै उनले कांग्रेसको सो निर्णयप्रतिमा विमति रहेको नेता बानियाले बताए ।

    प्रदेश सरकारले आफैंले मिडिया हाउस चलाउन १० करोड बजेट विनियोजन गरेको छ । ‘बागमती प्रदेश सरकारले मिडिया चलाउन भनेर बजेट छुट्याएको छ, प्रदेश सरकारले मिडिया चलाउने नीतिको कांग्रेसको विमति छ ।

    सरकारले आफैंले मिडिया हाउस खोलेर भएका नभएका कामको प्रचार गर्न हो ? काम नगरेको कुरालाई प्रचार गर्न हो कि । समृद्ध नेपाल सुखी नेपालीको नारालाई प्रचार गर्न हो ?,’ उनले प्रश्न गरे ।

    यस्तै, सुरुङमार्गको लागत १७ अर्ब रहेकोमा ७५ करोड छुट्याएर यो सरकारले काम गर्छ कि कुरा गर्छ भन्ने कुरा जनतामा देखाएको उनले बताए ।

    यस्तै, प्रदेश सरकारले सबैलाई दिने भनेको छ, तर कहिले दिने भन्ने स्पष्ट नपारेको र बजेटमा त्यस विषयमा केही उल्लेख नभएको उनले बताए ।

    लम्बिँदो निषेधाज्ञामा सरकारले केही नबोलेको, सरकारको आँखा त्यता नगएको भन्दै नेता बानियाँले बजेटले यो प्रदेशको सरकारलाई समृद्धिको मार्गमा अगाडि बढाउने कुनै सम्भावना नदेखिएको पनि बताए ।

    कोरोना नियन्त्रणका विषयमा बजेटमा केही उल्लेख नभएको भन्दै विपदको बेलामा प्रदेश सरकारले सिन्धुपाल्चोकमा दाल, त्रिपाल, बिस्कुट, चाउचाउ जस्ता सामान्य विषय पठाएर लाजमर्दो काम गरेको बानियाले आरोप लगाए ।

    उनले व्यक्तिगत रूपमा आफूले नै तीन सय त्रिपाल दिने घोषणा पनि गरे । प्रदेश जनताको पक्षमा बजेट नआएकाले कांग्रेसले बजेटमा संशोधन राख्न सक्ने उनले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २६ २०७८०६:२७:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend