सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

हेटौडामा पौडेल समुहको लज्जास्पद हार, इन्द्र बानियाँले देखाए कमाल !

हेटौडामा पौडेल समुहको लज्जास्पद हार, इन्द्र बानियाँले देखाए कमाल !

  • मिडिया डबली
  • आइतवार, मंसिर ५ २०७८

  • 10.7K
    SHARES

  • हेटौडामा पौडेल समुहको लज्जास्पद हार, इन्द्र बानियाँले देखाए कमाल !

    हेटौँडा - मकवानपुर जिल्लामा नेपाली कांग्रेसको अधिवेशनमा सभापति शेरबहादुर देउवा निकटको समूहको शानदार जित हासिल भएको छ।

    केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’ र कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको समर्थनमा उम्मेदवार बनेकाहरूको सानदार जित हासिल भएको हो।

    प्रदेशतर्फको चार वटा क्षेत्रमा देउवा समूहका सभापतिहरू निर्वाचित भएका छन् । नेता रामचन्द्र पौडेल समूहको नराम्रोसँग पराजय भएको छ । निर्वाचनबाट प्रत्येक क्षेत्रमा कार्यसमितिसहित २५ जना प्रदेश प्रतिनिधि पनि छनोट भएका छन् ।

    मकवानपुरको ४ क्षेत्रमध्ये तीन स्थानमा प्यानलसहित निर्वाचन प्रक्रिया भएको थियो । एक जना सभापति निर्विरोध भएका छन् । मकवानपुर प्रतिनिधिसभाको क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ मा सुशान्तकुमार श्रेष्ठ निर्विरोध भएका छन् ।

    उप–सभापतिमा कमलाकुमारी वाइवा र गोपालबहादुर न्यासुर चयन भएका छन् । सचिवमा भूमिनन्द गौतम र शंकर पराजुली तथा सहसचिवमा दीपक ढकाल र अमर सोराइली निर्विरोध चयन भएका हुन् ।

    मकवानपुर प्रतिनिधिसभाको क्षेत्र नं. १ ‘ख’ मा राजेश बानियाँको प्यानल विजयी भएको छ । सभापतिमा बानियाँले १७७ मत ल्याएर विजयी भएका छन् । प्रतिस्पर्धी रमेशध्वज कार्कीले ८३ मत पाएका थिए ।

    उप–सभापतिमा विनोद शर्माले १६० र शुक्रराज जोशीले १५६ मत ल्याएर विजयी भएका छन् । सचिवमा गोकर्ण सुवेदीले १८० र प्रदीप कँडेलले १९२ मत ल्याएर विजयी भएका छन् ।

    सह–सचिवमा केदारप्रसाद ढोडारीले १८८ र सानो कान्छा दोङले १९६ मत ल्याएर विजयी भएका छन् । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं. २ को ‘क’ को सभापतिमा खड्गबहादुर गोपाली निर्वाचित भएका छन् ।

    गोपालीले सभापतिका अर्का प्रतिस्पर्धी सुजन गोपालीलाई पराजित गरेका हुन् । उप–सभापतिमा ईश्वरी शाही ठकुरी र रञ्जन कठायत विजयी भएका छन् । सचिवमा नरहरि गोपाली र राजेशबाबु सापकोटा विजयी भएका छन् ।

    सह–सचिवमा रामशरण गोपाली र समिता रसाइली विजयी भएको मकवानपुर कांग्रेसका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् । मकवानपुर प्रतिनिधिसभा–२ को ‘ख’को सभापतिमा रञ्जन कालाखेती निर्वाचित भएका छन् ।

    कालाखेतीसँग रामकृष्ण प्रजा पराजित भएका छन् । कालाखेतीले २९२ मत र प्रजाले २२३ मत पाएका थिए । उप–सभापतिमा भुवन नेगी र रामकुमार वाल्पा थिङ विजयी भएका छन् ।

    सचिवमा नवराज पौडेल र कृष्ण योञ्जन विजयी हुँदा सह–सचिवमा गोपिलाल थिङ र शालिकराम अधिकारी विजयी भएका छन् ।

    मकवानपुर जिल्लामा पौडेल समूहले नराम्रोसँग पराजय भोग्नुपरेको छ । देउवालाई गाली गरेर हैरान गर्दै आएको पौडेल समूह अधिकांश जिल्लामा मकवानपुरको अवस्था झेल्न बाध्य भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २६ २०७८०६:२७:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend