आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बालसुधार गृहमा झडप, एक जनाको मृत्यु

बालसुधार गृहमा झडप, एक जनाको मृत्यु

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ५ २०८०

  • 3.4K
    SHARES

  • बालसुधार गृहमा झडप, एक जनाको मृत्यु

    बाँके - बाँकेको बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

    डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहमा बिहीबार राति दुई समूहबीच झडप एक दर्जन घाइते भएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

    झडपमा घाइते भएका रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ४ का सुलभ केसीको मृत्यु भएको बाँके प्रहरी जिल्ला कार्यालयले जनाएकाे छ ।

    केसी अपहरण तथा जबर्जस्ती करणीको मुद्दामा बालसुधारमा गृहमा रहेका थिए । सुधार गृहमा रहेका नाबालक बन्दीहरुले झ्यालका सिसा फुटाउँदै सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि झडप भएको थियाे ।

    झडपमा घाइते भएकाहरुलाई उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पतला लगिएको छ । बाँके प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको र अहिले अवस्था सामान्य बनेको प्रहरीले बताएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक १० २०७७०४:०८:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend