बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

मकवानपुरमा कांग्रेस सिध्याउन सहमहामन्त्री डिनाको गेमप्लान, चुनाव हारेको रिस

मकवानपुरमा कांग्रेस सिध्याउन सहमहामन्त्री डिनाको गेमप्लान, चुनाव हारेको रिस

  • मिडिया डबली
  • बिहिवार, आश्विन ४ २०८०

  • 3.7K
    SHARES

  • मकवानपुरमा कांग्रेस सिध्याउन सहमहामन्त्री डिनाको गेमप्लान, चुनाव हारेको रिस

    काठमाडौं - एउटा नेतामा बदलाको भावना भएमा त्यसले पार्टी, जनता र देशमै संकट ल्याउने गरेको उदाहरण धेरै छ । नेतामा सहनशील भावना हुनुपर्छ । ठूल्ठूला आरोप पचाउने क्षमता राख्नुपर्छ । माफ गर्नसक्ने क्षमता हुनुपर्छ । तर नेपाली कांग्रेसमा एक पदाधिकारीका कारण मकवानपुर जिल्लामा पार्टी संगठन नै डामाडोल बनेको छ ।

    मकवानपुर कांग्रेसलाई तहसनहस बनाउन लागिपर्ने नेतृ हुन् महालक्ष्मी उपाध्याय डिना । उनी पार्टीको सहमहामन्त्री पनि हुन् । तर, उनमा गत मंसिरमा मकवानपुर १ बाट चुनाव हारेको रिस अझै मरेको छैन । जसकारण उनले विगतमा एकढिक्का रहेको मकवानपुर कांग्रेसमा अहिले तसहनहस बनाएको नेता कार्यकर्ताहरूको गुनासो छ ।

    आफैं कार्यकर्ता परिचालन गर्न नसकेर चुनाव हार्ने अनि अन्तर्घात गरेर मलाई चुनाव हराइयो भन्दै उनले पार्टी नेतृत्वसँग रुवावासी गर्न अझै छाडेकी छैनन् ।

    मकवानपुरमा उनको गतिविधि हेर्दा डिनाले कांग्रेसको संगठन पूरै सिध्याउने कसम नै खाएकी हुन् कि भन्ने चर्चा परिचर्चा चलेको छ ।

    प्रतिनिधिसभाको निर्वाचनमा मतगणना हुँदा उनले ग्रामीण भेगबाट आठ हजार मतले प्रतिस्पर्धी उम्मेदवार राप्रपाका दिपक सिंहलाई पछाडि पारेकी थिइन् ।

    तर बजार क्षेत्रमा उनी साढे दुई हजार मतले पछि पर्दै चुनाव हारिन् । जबकि बजार क्षेत्रमा प्रदेशका उम्मेदवार आनन्दराम पराजुलीले डिनाको भन्दा पाँच हजार मत बढी पाएका थिए ।

    कांग्रेसकै दुई उम्मेदवारले पाँच हजार मत कम र बढी पाउनुमा दोष कसको भन्ने बहस अझै सुरु भएको छैन । हेटौडाको बजार क्षेत्र डिनाकै प्रभाव भएको क्षेत्र हो । आफ्नै प्रभाव भएको क्षेत्रमा डिनाले पाँच हजार कम मत आएको देखिएपछि उनको सहमहामन्त्री पदमै प्रश्न चिन्ह खडा भएको छ ।

    तर अहिले उनी कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाकै कारण आफूले चुनाव हारेको भन्दै जिल्लामा विभिन्न गुट उपगुट बनाउन सक्रिय देखिएकी छन् ।

    गत भदौ ८ गते कांग्रेस प्रदेश सांसद लक्ष्मी श्रेष्ठको सम्पर्क कार्यालय उदघाटन कार्यक्रममा डिनाले गरेको हर्कतको अहिले व्यापक चर्चा र आलोचना भइरहेको छ ।

    सम्पर्क कार्यालय उदघाटनमा डिना प्रमुख अतिथि थिइन् । कांग्रेसबाट बागमती सरकारमा रहेका सबै मन्त्री उपस्थित थिए । तर, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामालाई आमन्त्रण नै गरिएन ।

    कांग्रेस बागमती सभापति इन्द्र बानियाँलाई त सम्झिँदै सम्झिएन । सम्पर्क कार्यालयमा कांग्रेसबाट मन्त्री भएकालाई प्रत्येक दिन कार्यालयमा उपस्थित गराएर जनगुनासो सुनाउने विषय तय गरिएको थियो ।

    तर पार्टीकै जिल्ला र प्रदेश नेतृत्वलाई नबोलाई कार्यक्रम सञ्चालन गरियो । कार्यक्रम चल्दै गर्दा सञ्चालकले पार्टी सभापति लामालाई आसन ग्रहण गर्न भने । तर उनले नआएको भनेर असहयोग गरेको टिप्पणी गरे । यसलाई लिएर मकवानपुरमा ठूलो विरोध भएको छ ।

    पार्टीका जिल्ला सचिव भीमसेन महतले विज्ञप्ति जारी गरेर विरोध जनाइसकेका छन् । पार्टीका केन्द्रीय पदाधिकारी नै गुट उपगुटमा लागेर कांग्रेसको जिल्ला संगठन ध्वस्त बनाउन लागेकोमा उनले आपत्ति जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १५ २०७९०३:०७:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend