बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कांग्रेस क्रियाशील सदस्य नै नभएकालाई सांसद बनाउन चाहन्थिन् डिना, विरोध खतिवडा हराउन एमालेसँग सेटिङ

कांग्रेस क्रियाशील सदस्य नै नभएकालाई सांसद बनाउन चाहन्थिन् डिना, विरोध खतिवडा हराउन एमालेसँग सेटिङ

  • मिडिया डबली
  • शुक्रवार, पौष १५ २०७९

  • 9.0K
    SHARES

  • कांग्रेस क्रियाशील सदस्य नै नभएकालाई सांसद बनाउन चाहन्थिन् डिना, विरोध खतिवडा हराउन एमालेसँग सेटिङ

    काठमाडौं - नेपाली कांग्रेसमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रतिनिधिसभा सदस्यमा भएको पराजयलाई अनपेक्षित रूपमा लिइएको छ ।

    कांग्रेसले जित्ने सूचीमा मकवानपुर १ मा डिनाको नाम पनि समावेश गरेको थियो । त्यही भएर चुनाव सकिएको डेढ महिना हुँदासम्म यसको चर्चा कम भएको छैन । मकवानपुर १ मा गठबन्धनको मत जोड्दा डिनाले सजिलै चुनाव जित्ने थिइन् । तर उनलाई राप्रपाका दिपक सिंहले पराजित गरे ।

    गठबन्धनको बलमा चुनावमा उठेकी डिना आफैं गठबन्धनका साझा उम्मेदवारलाई हराउन सक्रिय भएर लागेपछि परिणाम अनपेक्षित भोग्नु परेको तथ्य खुलेको छ ।

    आफू चाहिँ माओवादी र एकीकृत समाजवादीको मतको अपेक्षा गर्ने अनि मकवानपुर २ बाट उठेका एकीकृत समाजवादीका विरोध खतिवडा र प्रदेश (ख) का उम्मेदवार इन्द्र बानियाँलाई भोट नहाल्न डिनाले आफू निकटहरूलाई सर्कुलर नै गरेको कांग्रेस नेता कार्यकर्ता बताउँछन् ।

    कतिपयलाई त उनले फोन गरेरै खतिवडा र बानियाँले कुनै पनि हालतमा जित्न नहुने बताएको नाम उल्लेख नगर्ने सर्तमा हेटौंडाका एक कांग्रेस कार्यकर्ताले भने । कतिसम्म भने आफ्नो पक्षमा माहोल बनाउन डिनाले मकवानपुर २ का एमाले उम्मेदवार महेश बर्तौलासँग गोप्य साँठगाँठसमेत गरेको रहस्य खुलेको छ ।

    एमालेलाई मकवानपुर १ मा कमल थापा घाँडो भइरहेका बेला बर्तौलालाई जिताउने एमालेको एकमात्र लक्ष्य थियो । डिनाले त्यसको फाइदा उठाउँदै बर्तौलासँग सहकार्य गरेको स्रोतले बतायो । बर्तौलाले चुनाव जिते, गठबन्धनका खतिवडा परिाजत भए ।

    एमालेको रणनीतिकै कारण डिना आफैं पनि पराजित भइन् । डिनाको हर्कत यतिमा मात्र सीमित छैन, पार्टीको केन्द्रीय सहमहामन्त्री र पार्टी सभापति शेरबहादुर देउवाको विश्वास पात्र भएकै कारण उनले क्रियाशील सदस्य नै नभएकी एक व्यापारीकी श्रीमतीलाई समानुपातिकतर्फको बन्दसूचीको एक नम्बरमा सिफारिस गरेकी थिइन् ।

    डिनाले मधेसी कोटामा बागमती प्रदेश सभा सदस्यमा कृष्णाकुमारी गुप्तालाई कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीको एक नम्बरमा राखेको पाइएको छ । गुप्ता उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण अग्रवालकी श्रीमती हुन् ।

    गुप्तालाई राम्रै आर्थिक कारोबारमा समानुपातिक सांसद बनाएका कांग्रेस मकवानपुरमा चर्चा छ । ‘आर्थिक सहयोग गरेर सांसद बन्न पाइने थाहा भएको भए हामी पनि तयार थियौं,’ हेटौंडाका एक उद्योगीले भने ।

    क्रियाशील सदस्यसमेत नभएको व्यक्तिलाई समानुपातिक बन्दसूचीमा राख्न लगाएर पछि सांसद बनाएर डिनाले आफ्नो जीवन नै पार्टीमा बिताएका नेता कार्यकर्ताको भविष्यमाथि घात गरेको भन्दै मकवानपुरमा असन्तुष्टि उत्पन्न भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन ४ २०८०१०:४७:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend