काठमाडौं - एउटा नेता हठी भयो भन्ने पार्टीको संगठन कसरी ध्वस्त बन्दै जाँदो रहेछ भन्ने उदाहरण मकवानपुरमा कांग्रेसलाई हेरे पुग्छ ।
पहिलेदेखि नै वामपन्थी किल्ला हो । कमल थापाको गृहजिल्ला भएकाले राप्रपा पनि बलियो छ । मकवानपुरमा कांग्रेसलाई अहिलेको अवस्थामा ल्याउन नेता इन्द्र बानियाँले निकै मिहिनेत गरेका छन् ।
शून्य अवस्थामा रहेको कांग्रेसको संगठनलाई बानियाँकै अथक मिहिनेत र प्रयासले आज अरु दल जतिकै बलियो र सशक्त बनाएका छन् ।
तर, सधैं नेताको चाकडी र चाप्लुसीकै कारण पद र अवसर पाएकी महालक्ष्मी उपाध्याय डिनाका कारण कांग्रेस मकवानपुरमा ओरालो लाग्न थालेको छ । हुनलाई डिना कांग्रेसको सहमहामन्त्री हुन् । पार्टी सभापति शेरबहादुर देउवा दाहिना भइदिएकाले उनले सधैं पद र अवर प्राप्त गरिरहिन् ।
सांसद, पार्टीको केन्द्रीय सदस्य, सहमहामन्त्री सबै देउवाकै कृपाले प्राप्त गरेकी हुन् । त्यही कारण उनले मकवानपुरमा आफूबाहेक अरु माथि आएको देख्न सक्दिनन् भन्ने उदाहरण कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँलाई हराएर पुष्टि गरेकी छन् ।
बानियाँ मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्य उठ्न चाहन्थे । पहिले पनि एकपटक उनले सांसद जितेकै हुन् । तर देउवा र आरजु राणासँग रोइकराइ गरेर उनले बानियाँलाई प्रदेशमा झार्न बाध्य पारिन् । आफू प्रतिनिधिसभा सदस्यमा उठिन् ।
पार्टी संगठनमा जिरो भूमिका भएकैले उनी राप्रपाका दिपक सिंहसँग पराजित भएकी हुन् । उनले आजसम्म कुनै चुनाव जितेको रेकर्ड छैन । तर, सधैं चुनावमा टिकट पाउँदै आएकी छन् । तर, यसपटक उनले आफूले हार्नुको कारण सारा दोष बानियाँलाई लगाइन् ।
बालुवाटारमा रोइकराई गरेर बानियाँलाई दलको नेतामा हराउन क्याम्पियनमा लागिन् । अन्ततः बलियो पकड हुँदाहुँदै पनि बानियाँ दलको नेतामा पराजित भएका छन् । डिनाको यो भूमिकाका कारण अहिले मकवानपुर कांग्रेसमा सन्नाटा छाएको छ ।
आफ्नै गृहजिल्लाका नेतालाई हराएर बाहिरी जिल्लाका नेतालाई जिताएको परिणाम डिनालालाई आगामी दिनमा चखाउने मनस्थितिमा कांग्रेस नेता कार्यकर्ता देखिएका छन्।
आगामी दिनमा डिनाले जुनसुकै टिकट ल्याए पनि उनलाई हराउने अठोट मकवानपुरका आमकांग्रेस कार्यकर्ताले लिएका छन् । यसले गर्दा अब मकवानपुरमा कांग्रेसको संगठन पहिलेकै जस्तो शून्य अवस्थामा पुग्ने संकेत देखिएको छ ।
यो पनि पढ्नुहोस्
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।