सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चीनमा एकपछि अर्को मन्त्री बेपत्ता हुन थाले, निरंकुश शासन उदांगो

चीनमा एकपछि अर्को मन्त्री बेपत्ता हुन थाले, निरंकुश शासन उदांगो

  • मिडिया डबली
  • बिहिवार, भाद्र २८ २०८०

  • 3.6K
    SHARES

  • चीनमा एकपछि अर्को मन्त्री बेपत्ता हुन थाले, निरंकुश शासन उदांगो

    काठमाडौं - कम्युनिस्ट शासन व्यवस्था रहेको चीनमा एकपछि अर्को मन्त्रीलाई गायब पार्ने क्रम सुरु भएको छ ।

    चीनमा अहिले सन् २०१७ मा चलाइएको भ्रष्टाचार विरोधी विशेष छानबिन तथा कारबाही अभियान चलिरहेको छ। गत साउन ९ गते चीनको व्यवस्थापकीय अंग ‘नेसनल पिपल्स कंग्रेस’ को स्थायी समितिको विशेष बैठकले कुनै पनि कारण नखुलाई तत्कालीन विदेशमन्त्री काङलाई विदेशमन्त्रीको पदबाट मुक्त गरेको थियो।

    लामो समय सार्वजनिक जीवनमा देखा नपरेका काङको स्थानमा यसअघिका विदेशमन्त्री वाङ यीलाई नै नियुक्त गरियो।

    स्वास्थ्यका कारण जिम्मेवारीबाट हटाइएको भनिएका तत्कालीन विदेशमन्त्री काङ कहाँ छन् भन्ने विषयमा अहिलेसम्म चिनियाँ अधिकारीले औपचारिक जानकारी बाहिर ल्याएका छैनन्।

    अहिले फेरि अर्का मन्त्री बेपत्ता छन् । रक्षामन्त्री जनरल ली शाङ्फुलाई सैन्य हिरासतमा राखिएको अनुमान गरिएको छ। गएको सेप्टेम्बर ९ अर्थात् भदौ २२ गते चीनका राष्ट्रपति सीसमेत सहभागी राष्ट्रिय सुरक्षासम्बन्धी एउटा समारोहमा वर्तमान रक्षामन्त्री देखिएका थिएनन्।

    गत वैशाख ४ गते रुस भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँग चिनियाँ रक्षा रणनीति र सैन्य सहयोगका विषयमा भेटवार्ता गरेर बेइजिङ फर्किएलगत्तै चीनका रक्षामन्त्री जनरल ली चिनियाँ अधिकारीको निगरानीमा परेका थिए।

    सुरक्षा मञ्चको बैठकमा सहभागी भएर फर्किएपछि सार्वजनिक रुपमा रक्षामन्त्री जनरल लीले भनेका थिए, ‘अमेरिकाले चीनलाई घेरा हाल्न ताइवानलाई प्रयोग गरिरहेको छ। आगोसँग नखेल्न अमेरिकालाई चेतावनी दिन चाहन्छु।’

    त्यसपछि रक्षामन्त्री जनरल ली कहाँ गए ? चिनियाँ सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा यसबारे केही पनि सार्वजनिक भएको छैन।

    गत जुन २५ मा श्रीलंकाका विदेशमन्त्रीसँग बेइजिङमा भएको बैठकपछि सार्वजनिक जीवनमा देखानपरेका विदेशमन्त्री काङ शंकास्पद रुपमा गायव भएपछि उनी वाङ यीसँगको शक्ति संघर्षका कारण सरकारी हिरासतमा पुगेको विश्लेषण गरिएको छ।

    एकजना महिला टेलिभिजन प्रस्तोतासँगको सम्बन्धसँग जोडिएको छ। अहिले उनीहरु दुबै जना बेपत्ता छन्। रक्षामन्त्री नै गायव भएपछि आगामी महिनामा हुने स्थायी समितिको बैठकबाट नयाँ रक्षामन्त्री नियुक्त हुनसक्ने चर्चा सुरु भएको छ।

    रक्षामन्त्री जनरल ली कतै देखा नपरेको समयमा राष्ट्रपति सी जिन फिङले राष्ट्रिय एकता कायम राख्न र युद्धका लागि तयार रहन सेनालाई निर्देशन दिएका छन्।

    यसले चीनमा सम्भावित सैन्य विद्रोह अथवा सुरक्षा संकटको पनि संकेत गर्छ। यो अवस्थामा नियमित कार्यतालिकाविपरीत चिनियाँ कम्युनिष्ट पार्टीको आकस्मिक बैठक बस्न सक्छ। किनकि चीनमा अहिले केही राजनीतिक उलटपुलटका संकेत देखिन थालेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend