काठमाडौँ- काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा डेंगु उपचारका क्रममा निधन भएको हो।
रिजाल काठमाडौं कांग्रेस ७ क्षेत्रीय सभापतिसमेत हुन् । उनी कांग्रेस काठमाडौंका लोकप्रिय नेता पनि हुन् । लगातार दोस्रोपटक वडाध्यक्ष जितेका रिजाल आगामी निर्वाचनमा काठमाडौं ७ बाट प्रतिनिधिसभा सदस्यका सम्भावित कांग्रेस उम्मेदवार पनि मानिएका थिए ।
रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतान्तरले वडाध्यक्षमा विजयी भएका थिए । उनले एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।
वडाध्यक्षमा निर्वाचित भएसँगै उनले फोहोर व्यवस्थापनको विषयमा दिएको अभिव्यक्ति निकै चर्चामा आएको थियो । फोहोर व्यवस्थापनलगायतका विषयमा कार्यपालिकाको पहिलो बैठकमा नै मेयर बालेन साहसँग उनको चर्काचर्की पनि परेको थियो ।
पछि मेयर साह रिजाललाई भेट्न उनकै निवास पुगेका थिए । बालेनलाई उनले निकै महत्वपूर्ण जिम्मेवारी पनि दिएका थिए । जसकारण बालेनले कहिल्यै विवाद झेल्नु परेको थिएन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।