बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

काठमाडौं महानगरका कांग्रेसी वडाध्यक्ष रिजालको लोकप्रिय प्रस्तावः जनप्रतिनिधिको सुविधा काटौँ, हाम्रो गाडी–मोबाइल फिर्ता लिइयोस्

काठमाडौं महानगरका कांग्रेसी वडाध्यक्ष रिजालको लोकप्रिय प्रस्तावः जनप्रतिनिधिको सुविधा काटौँ, हाम्रो गाडी–मोबाइल फिर्ता लिइयोस्

  • मिडिया डबली
  • मंगलवार, आषाढ २१ २०७९

  • 8.7K
    SHARES

  • काठमाडौं महानगरका कांग्रेसी वडाध्यक्ष रिजालको लोकप्रिय प्रस्तावः जनप्रतिनिधिको सुविधा काटौँ, हाम्रो गाडी–मोबाइल फिर्ता लिइयोस्

    काठमाडौं । काठमाडौंका चर्चित वडाध्यक्ष मुकुन्द रिजालले आजको नगरसभा बैठकमा लोकप्रिय कुरा गरेका छन् । नेपाली कांगेसबाट निर्वाचित उनले जनप्रतिनिधिहरूको तलब–सुविधा काटेर त्यो रकम विकासको काममा खर्च गर्न प्रस्ताव गरे ।

    एक वडाध्यक्षले जनप्रतिनिधहरुलाई ड्रेस र लोगोको व्यवस्था गर्नुपर्ने माग गरेका थिए । १६ नम्बरका वडाध्यक्ष रिजालले भने फरक विचार राखे । उनले जनप्रतिनिधिहरूले आफ्नो सेवा–सुविधाभन्दा जनताको कामलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

    ‘हामी लोकसेवा लडेर जागिर खान आएका होइनौँ । आफ्नो इच्छाले जनताको सेवा गर्न आएका हौँ । त्यसैले हामीलाई कुनै तलब–सुविधा चाहिँदैन । हाम्रो सुविधा काटेर लोकसेवा लडेर आएका कर्मचारीको सुविधा वृद्धि गर्दा राम्रो हुन्छ,’ उनले भने। ‘

    उनले जनप्रतिनिधिको तलब–भत्तामा मासिक ५५र६० लाख खर्च हुने उल्लेख गरे । त्यो काटिएको खण्डमा वर्षको ६ करोड रुपैयाँ र पाँच वर्षमा ३० करोड बचत हुने हिसाब उनले सुनाए ।

    हामीलाई लोगो, पोसाक, जुत्ता महानगरबाट चाहिएको छैन । यदि ड्रेस चाहिने हो भने त्यो हामीलाई तोकिदिनुस्, हामी त्यो लुगा आफैँले व्यवस्था गर्न सक्छौँ । महानगरले दिनु पर्दैन,’ उनले भने, ‘हामी महानगरबाट लिन आएका होइनौँ, जनतालाई दिन आएका हौँ । हामीसँग भएको गाडी, घोडा, मोबाइल सबै फिर्ता लिइदिनुहुन अनुरोध गर्दछु ।’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र २१ २०८००२:५७:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend