काठमाडौं - सन् २०१३ मा चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लागू गरेको थियो । त्यसयता राष्ट्रपति सी जिनपिङले विगत तीन वर्षमा तीनवटा पहल सुरु गरेका छन् ।
ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई), ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेशन इनिसिएटिभ (जीसीआई) कार्यान्वयन भए विश्वसँग चीनको संलग्नताका विभिन्न पक्षहरूलाई समेट्ने अपेक्षा गरिएको थियो ।
तर नेपालले बिआरआई परियोजना कार्यान्वयनमा ढिलाइ गर्दा चीनलाई छटपटी बढेको छ । नेपालले बीआरआईको हिस्सा बन्न सन् २०१७ मा सम्झौतामा हस्ताक्षर गरेको थियो ।
नेपालको आग्रहका कारण बीआरआई योजनाहरूमा ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क थपियो। तर, हालसम्म पनि नेपालमा बीआरआई आयोजना कार्यान्वयनमा खासै प्रगति भएको छैन ।
बीआरआईको प्रगति सुस्त भए पनि नेपालमा जीडीआईअन्तर्गतका दुई परियोजनामा काम भइरहेको छ। चीनले नेपाललाई जीएसआईमा सामेल हुन पटक–पटक आमन्त्रण पनि गरिसके पनि असंलग्न नीतिका कारण नेपालले विरोध गरेको छ । नेपाल जीएसआईमा सामेल हुने विचारमा छ।
नेपालले बीआरआई परियोजनामा प्रगति गर्न नसकेकोमा चीन निराश छ । त्यसैले चिनियाँ अधिकारीहरूले नेपाल भ्रमणमा रहेका प्रतिनिधिमण्डललाई बीआरआईको प्रगतिबारे प्रश्न गर्दै आएका छन् ।
त्यति मात्र होइन, काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाली नेताहरूलाई दबाब दिइरहेका छन् । केही समयअघि नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलजस्ता आयोजना बीआरआईकै हिस्सा भएको दाबी गरे ।
तर, परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा कुनै पनि बीआरआई परियोजना कार्यान्वयन नभएको स्पष्ट पारेपछि चीन रिसाएको छ ।
सन् २०२२ मा पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री भएलगत्तै काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चीनले विज्ञ टोली नेपाल पठाएको थियो ।
सन् २०२३ मा पोखरामा भएको ड्र्यागन बोट फेस्टिभल जीसीआईको हिस्सा भएको चेनले दाबी गरे । बीआरआई राष्ट्रपति सी जिनपिङको विश्वव्यापी महत्वाकांक्षासँग सम्बन्धित रहेकाले चीनले विभिन्न देशहरूलाई परियोजनामा सामेल हुन र कार्यान्वयन गर्न कूटनीतिक दबाब दिँदै आएको छ ।
नेपालले पूर्वाधार विकासका लागि अमेरिकी अनुदान परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई बीआरआई सम्झौतासँगै अनुमोदन गरी कार्यान्वयन गर्न थालेपछि चीन झस्किएको छ । त्यसैले नेपालमा चिनियाँ कूटनीतिज्ञहरू बीआरआई कार्यान्वयनका लागि पहल गरिरहेका छन् ।
अमेरिकी अधिकारीहरूले नेपाल पहिले नै अमेरिकाको इन्डो प्यासिफिक रणनीतिको हिस्सा भएको दाबी गर्दै आएका छन् । तर, चीनको प्रतिक्रिया र दबाबले नेपालसँगको सम्बन्धलाई अमेरिकाले चाहे जसरी सहयोग गरिरहेको देखिन्न ।
आगामी सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकालगत्तै चीन भ्रमणमा जाँदैछन् । त्यही बेला चीनले बीआरआई कार्यान्वयनका लागि दबाब दिने रणनीति बनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।