बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
करिब सय किलो सुन बरामद प्रकरण

सुनकाण्डले नक्कली भुटानी शरणार्थी र ललितानिवास काण्ड ओझेलमा

सुनकाण्डले नक्कली भुटानी शरणार्थी र ललितानिवास काण्ड ओझेलमा

  • मिडिया डबली
  • बुधवार, श्रावण १० २०८०

  • 2.2K
    SHARES

  • सुनकाण्डले नक्कली भुटानी शरणार्थी र ललितानिवास काण्ड ओझेलमा

    काठमाडौं - हालै बरामद भएको एक क्विन्टल सुनकाण्डले यसअघिका चर्चित नक्कली भुटानी शरणार्थी र बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण ओझेलमा परेको छ ।

    वैशाखदेखि असारसम्म शरणार्थी र ललिता निवास प्रकरणले बजार पिटेको थियो । तर अहिले एकाएक ओझेलमा परेको छ । ती काण्डमा के के अनुसन्धान भइरहेको छ भन्ने कुरासमेत जनताले चासो राख्न छाडिसकेका छन् ।

    अनुसन्धान गर्ने निकायले पनि यसबारेमा विस्तृत विवरण दिन सकिरहेको छैन । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणलाई चाँडै टुंगो लगाउन पटकपटक आदेश दिइरहेको छ ।

    तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भने अझै अनुसन्धान नसकिएको जनाएको छ । दुई चार दिनमा एक दुई कर्मचारी पक्राउ पर्नुबाहेक अर्को उपलब्धि देखिएको छैन ।

    शरणार्थी प्रकरणमा भने कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण र एमाले उपमहासचिव टोपबहादुर रायमाझी तथा सचिव टेकनारायण पाण्डेलाई शंकाकै भरमा समातेर जेल हालिएको छ ।

    यसबाहेक अनुसन्धान कहाँ पुग्यो भन्ने कुरा अझै थाहा हुन सकेको छैन । काठमाडौं जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको थियो । पक्राउ परेका सबैले धरौटी माग गरेका थिए । तर अदालतले अस्वीकार गरेपछि उनीहरू अहिले जैसीदेवलस्थित केन्द्रीय कारागारमा छन् ।

    एक क्विन्टल सुन बरामद गर्नुअघि विमानस्थल भन्सार कार्यालयबाट कसरी जाँचपास गरियो भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा हंगामा गरेको छ । उसले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।

    यसअघि एमाले संसदीय दलको बैठकले गृहमन्त्रीको जवाफ माग गर्ने निर्णय गरेको थियो । तर संसद् सुचारु भएपछि एमालेले गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको छ । संसद् भने जारी छ । एमालेको मुभ हेर्दा यो सरकारलाई निकै संकटमा पार्ने हो कि भन्ने पनि देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ६ २०८०११:४९:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend