काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनले आफू मर्माहत भएको बताएका छन् ।
केहीबेर अघि मात्र सामाजिक सञ्जालमार्फत उनले आफू सीता दाहालको दुःखद निधनको खबरले मर्माहत भएको उल्लेख गरेका हुन् ।
उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासमेत गरेका छन् । उनले नेपाली भाषामा लेखेर समवेदना प्रकट गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।