बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

सीता दाहालको निधनले कांग्रेस केन्द्रीय समिति बैठक स्थगित हुने सम्भावना

सीता दाहालको निधनले कांग्रेस केन्द्रीय समिति बैठक स्थगित हुने सम्भावना

  • मिडिया डबली
  • बुधवार, आषाढ २७ २०८०

  • 2.9K
    SHARES

  • सीता दाहालको निधनले कांग्रेस केन्द्रीय समिति बैठक स्थगित हुने सम्भावना

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनका कारण नेपाली कांग्रेस केन्द्रीय समिति बैठक प्रभावित हुने भएको छ ।

    सीता दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो । दाहालको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम तय भएकाले कांग्रेस केन्द्रीय समिति बैठक प्रभावित हुने स्रोतले बतायो ।

    यद्यपि कांग्रेसले अहिलेसम्म औपचारिक जानकारी दिएको छैन । झन्डै एक वर्षपछि बुधबारदेखि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने तय भएको थियो ।

    कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती नर्भिक अस्पताल पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड परिवारलाई समवेदना व्यक्त गर्न नेताहरू अस्पताल पुगेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ २७ २०८००१:४६:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend