काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अवस्था थप जटिल भएको छ ।
सीतालाई सोमबार थापाथलीस्थित नर्भिक अस्पताल लगिएको छ । उनलाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो । सीतालाई नर्भिक लगेको जानकारी पाएलगत्तै प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेका छन् ।
लामो समय मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा उपचार भएकोमा पछिल्लो समय सीताको घरमै उपचार हुँदै आएको थियो । उनको स्वास्थ्य अवस्था जटिल रहेको छ ।
सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । यसअघि उनको उपचार अमोरिका, सिंगापुर, भारतमा गरिएको थियो ।
तर कहीँ पनि उपचार हुन नसकेपछि नेपालकै अस्पतालमा उपचार भइरहेको छ । छोरा प्रकाश दाहालको निधन भएलगत्तै विक्षिप्त बनेकी सीता त्यसयता विरामीले थलिएकी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।