चीनमा लगातारको भारी वर्षाका कारण केही घरहरु भत्कनुका साथै बाढीले नदी किनारका घरहरु बगाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार छोङछिङ शहरका दर्जनौं घरहरु वर्षाले भत्किएका हुन् । वर्षाको पानी घरघरमा पस्दा थुप्रै मानिसहरु घरभित्रै थुनिएका छन् ।
सिछुआन प्रान्तमा मात्रै ४ लाख ६० हजार बढी सर्वसाधारण बाढीबाट प्रभावित भएका छन् । वर्षा प्रभावित लाखौंलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
चीन सरकारले भारी वर्षासँगै बाढीपहिरो आउन सक्ने भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन अपील जारी गरेको छ ।
भारी वर्षाले सवारी साधनहरु बीचमै अड्किंदा यातायात सेवामा पनि असर परेको छ । चीन सरकारले सिछुआन प्रान्तका २६ वटा क्षेत्रलाई बाढीको उच्च जोखिम क्षेत्र भन्दै चेतावनी जारी गरेको छ । -एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।