आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

आँधीका कारण भारतमा सात जनाको मृत्यु

आँधीका कारण भारतमा सात जनाको मृत्यु

  • मिडिया डबली
  • बिहिवार, जेठ ३२ २०८०

  • 1.4K
    SHARES

  • आँधीका कारण भारतमा सात जनाको मृत्यु

    बिपरजोय आँधीका कारण भारतका विभिन्न राज्यमा सात जनाको मृत्यु भएको छ ।

    नौ वटा राज्य तथा केन्द्र शासित प्रदेशमा प्रभाव पारेको आँधीले रुख तथा बिजुलीका पोल ढल्दा जनधनको क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    अरब सागरमा बनेको चक्रवात गुजरातको तटीय क्षेत्रमा प्रवेश गर्ने भएपछि गुजरात सरकारले ३८ हजार जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारेको छ । पाकिस्तानको सिन्ध प्रान्त कराँचीमा पनि मानिसहरुलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ ।

    भारतको मौसम विज्ञान विभागले गुजरातसहित नौ वटा राज्यमा चेतावनी जारी गरेको छ । आँधीसँगै बाढी समेत आउन सक्ने भन्दै भोलिसम्मका लागि चेतावनी जारी गरिएको बीबीसीले जनाएको छ । धेरै ठाउँमा विद्युत् र रेलसेवा अवरुद्ध भएका छन् । - एजेन्सी 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend