काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले विकास बजेट घट्दो र साधारण खर्च बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस दोलखाले आइतबार आयोजना गरेको कार्यक्रममा उनले विकास बजेट बढाउन कांग्रेसले विधान संशोधन गर्नुपर्ने बताए ।
उनले विकास बजेटलाई ७० प्रतिशत र साधारण खर्चलाई कसरी ३० प्रतिशतमा पुर्याउने भनेर कांग्रेसले निर्णय लिनुपर्ने बताए ।
‘नेपाली कांग्रेसले यस्तै सम्मेलनमा छलफल गरेर, समीक्षा गरेर, विषयवस्तुको उठान गरेर, कांग्रेसको महासमितिको बैठकमा लगेर अब हामीले आफ्नो विधान संशोधन गर्नुपर्छ,’ उनले भने ।
कांग्रेसको नीति महाधिवेशन आगामी भदौमा हुँदैछ । पूर्वगृहराज्यमन्त्री समेत रहेका बानियाँले टिकटमा भएको विभेदलाई परिवर्तन गर्नुपर्ने बताए ।
वडाबाटै टिकट बाँड्ने कार्य थालनी गरेमा पार्टी पद्धतिमा सुधार हुने दाबी पनि गरे । बानियाँले कांग्रेसले लिएको नीतिलाई मानेर एकजुट भएर लाग्यौँ भने कांग्रेसलाई कसैले पनि हराउन नसक्ने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।