पाकिस्तानको खैबर पख्तुन्ख्वा र पञ्जाव प्रान्तमा भीषण वर्षाका कारण कम्तिमा २८ जनाको मृत्यु भएको छ भने डेढ सय बढी घाइत भएका छन् ।
हावा हुरीसहितको वर्षाले कैयौं घरहरु भत्किएका छन् भने सडक छेउका रुख पनि ढलेका छन् । असिना पानीले खैबर पख्तुन्ख्वामा २५ र पञ्जावमा कम्तिमा तीन जनाको मृत्यु भएको प्रान्तीय सरकारहरुले बताएका छन् ।
पाकिस्तान सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि सेना परिचालन गरेको छ । पाकिस्तानमा गत वर्ष अभूतपूर्व वर्षाका कारण झण्डै १८ सय मानिसको मृत्यु भएको थियो भने ३ करोड ३० लाख मानिस विस्थापित भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।