पाकिस्तानका प्रधानमन्त्री इमरान फेरि विवादमा परेका छन् । उनले पाकिस्तानको संसदमा ९/११ का मास्टमाइन्ड भनिएका आतंककारी ओसामा बिन लादेनलाई सहिदको संज्ञा दिएका छन् ।
लादेनलाई अमेरिकाले मारेको थियो । पाकिस्तानी प्रधानमन्त्री खानले हामीले आतंकवादविरुद्ध अमेरिकालाई सहयोग गरेको उल्लेख गर्दै फेरि पाकिस्तानलाई आतंककारीको सुरक्षित स्थान भनेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
"हाम्रा सहयोगीहरु हाम्रो मुलुकमा प्रवेश गर्छन् र आतंककारीलाई मार्छ । हामीलाई यस विषयमा केही भन्नु छैन," उनले भने ।
लादेन सन् २०११ मा अमेरिकी सैनिकबाट मारिएका थिए । उनले विश्वभर आतंकवादी समूह विस्तार गरेको आरोप लगाइएको थियो ।
उनले यसअघि सेप्टेम्बरमा अमेरिका भ्रमणका क्रममा अमेरिकाले बिन लादेनलाई मार्न नहुने तर्क गरेका थिए । एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।