इस्लामावाद - पाकिस्तानको हिन्दू समुदायले हिन्दू किशोरीको अपहरण र धर्म परिवर्तन गराएको विषयमा अदालतविरुद्ध प्रदर्शन गरेका छन् ।
हिन्दू किशोरीलाई अपहरण गराएर इस्लाम बनाएर मुस्लिम केटासँग विवाह गराएको र उनको नाम परिवर्तन गराएर एलिजा रजा राखिएको बताइएको छ ।
उनको मुद्दाको सुजुवाईपछि उनलाई सुरक्षासहितको आवासमा राखिएको छ । मेहक कुमारीको चार सन्तानका बाबु रहेका एक वर्षीय २८ पुरुषसँग विवाद गराइएको थियो ।
तर, उनको मुद्दाको सुनुवाईमा ढिलाइ भएको भन्दै अदालतविरुद्ध सांगीतिक प्रदर्शन गरिएका हुन् । उनको अपहरणविरुद्ध देशरभ विरोध प्रदर्शनहरु भइरहेका छन् ।
सिन्ध प्रान्तमा आयोजित सांगीतिक प्रदर्शनमा सयौं हिन्दूहरु सहभागी भएका थिए । उक्त प्रदर्शनमा सहभागीहरुले १५ वर्षीया मेहकको मुद्दाको दोस्रो सुनुवाई चाँडै गर्नुपर्ने बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।