काठमाडौँ- पाकिस्तानमा शताब्दिऔं पुराना क्रश्चियनहरुमा चिहानहरु भत्काइएका छन् भने क्रिश्चियन समुदायका घरहरु भत्काउन थालिएका छन् ।
पञ्जाब प्रान्तको खानेवाल जिल्लामा रहेका क्रिश्चियनका घरहरु भत्काउन थालिएको बताइएको छ । प्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक-इ-इन्साफ (पीटीआई) सम्बन्धित राजनीतिज्ञहरुले पञ्जाबको खानेवालमा रहेका क्रिश्चियन समुदायका घरहरु भत्काउन थालिएको छ ।
स्रोतका अनुसार मुस्लिम समुदायको नेतृत्वमा जफर इक्बाल नुनरीले खानेवाल जिल्लाको चक गाउँमा रहेका शताब्दिऔं पुराना चिहानहरु भत्काउन लागिएको हो ।
मुस्लिम समुदायका नेताहरु जबरजस्ती ट्याकटरसहित क्रिश्चियनको चिहान भएका क्षेत्रमा प्रवेश गरेका हुन् र उनीहरुले त्यहाँ चिहानहरु भत्काउन सुरु गरेका हुन् ।
त्यसैगरी अपराधीहरुले क्रिश्चियन समुदायको सम्पत्ति लुटपाट गर्ने गतिविधिसमेत भइरहेका छन् । धार्मिक विभेदका कारण आर्थिक अवस्थामा समेत ठूलो असर पुगेको छ ।
बहुल मुस्लिम समुदायले अल्पसंख्यक क्रिश्चियन र अन्य समुदायमाथिको आक्रमण र ज्यादतीलाई कायम राखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।