आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पाकिस्तान प्रशासित काश्‍मीरमा मानवअधिकार उल्लंघनका घटनाको छानबिन समिति गठन गर्न माग

पाकिस्तान प्रशासित काश्‍मीरमा मानवअधिकार उल्लंघनका घटनाको छानबिन समिति गठन गर्न माग

  • मिडिया डबली
  • बिहिवार, श्रावण ८ २०७७

  • 7.0K
    SHARES

  • पाकिस्तान प्रशासित काश्‍मीरमा मानवअधिकार उल्लंघनका घटनाको छानबिन समिति गठन गर्न माग

    काठमाडौँ-  अधिकारकर्मी सजाद राजाले संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्‌मा मानवअधिका उल्लंघनका घटनाको छानबिन गर्न छानबिन समिति गठन गर्न माग गरेका छन् ।

    पाकिस्तानले पाकिस्तान प्रशासित काश्मीर र गिलगिट बलिचस्तानमा मानवअधिकारको उल्लंघन गर्ने हिंसाका गतिविधिहरु गराएको छ ।

    "म संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्‌लाई आग्रह गर्दछु की मानवअधिकार उल्लंघनका घटना अनुसन्धानका लागि एक आयोग गठन गरेर त्यहाँ पठाइयोस् । त्यहाँका दोषीलाई पत्ता लगाएर कारबाहीको दायरामा ल्याइयो," उनले भने ।

    उनले त्यहाँ आईएसआईले उक्त गतिविधिहरु गरिरहेको आरोप लगाएका थिए । पाकिस्तान सरकार र अधिकारीहरुलाई बिना कारण पक्राउ गर्ने कामसमेत गरिरहेको बताइएको छ ।

    मानवअधिकार आयोग पाकिस्तानका अनुसार आईएसआईले त्यस क्षेत्रका स्वतन्त्रता र सञ्‍चारमाध्यमका गतिविधिहरुमा निगरानी बढाएको जनाएको थियो।

    पाकिस्तान प्रशासित काश्‍मीरले त्यहाँ स्थानीयहरुलाई विभिन्‍न बहानामा दुख दिने काम गरिरहेको भन्दै पटकपटक उक्त गतिविधिको छानबिनको माग भए पनि अहिलेसम्म छानबिनका लागि कुनै प्रक्रिया अघि बढेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०५:१८:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend