सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

यी कस्ता प्रेमी हुन् जसले ठमेलमै गरे आफ्नै प्रेमिकाको हत्या

यी कस्ता प्रेमी हुन् जसले ठमेलमै गरे आफ्नै प्रेमिकाको हत्या

  • मिडिया डबली
  • बुधवार, जेठ २४ २०८०

  • 6.9K
    SHARES

  • यी कस्ता प्रेमी हुन् जसले ठमेलमै गरे आफ्नै प्रेमिकाको हत्या

    काठमाडौं - देशको संघीय राजधानी काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा एक प्रेमीले आफ्नी प्रेमिकाको हत्या गरेका छन् ।

    प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६ ठमेल भगवती बहालमा ६ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएकी २६ वर्षीया तामाङको हत्या भएको हो ।

    तामाङलाई उनीसँगै लिभिङ टुगेदरमा बस्दै आएका काभ्रे धुलिखेल नगरपालिका १० का ३० वर्षीय अमर रञ्जितकारले कुटपिट गरेको र उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन् ।

    मादक पदार्थ सेवन गरी आपसमा सामान्य विवादपछिको झै–झगडा हुँदा रञ्जितकारले तामाङलाई कुटपिट गरेको र उपचार गराउनसमेत आफैंले अस्पताल पुर्‍याएको पाइएको उनले बताए ।

    मृत्यु भएको सूचना आएपछि प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले कुटपिटमा संलग्न रञ्जितकारलाई पक्राउ गरेको हो । उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

    केही समययता प्रेम सम्बन्धमा परेका जोडीले धमाधम ज्यान गुमाउन थालेका छन् । यसअघि देशकै राजधानी काठमाडौंमा दुई युवतीले आत्महत्या गरेका थिए ।

    एकजनाले प्रेमीको घर अगाडि गएर पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेकी थिइन् भने वीर अस्पतालकी एक नर्सले प्रेमीको कोठामै झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ९ २०७७०३:०१:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend