जापान - जापानमा भारी वर्षासँगै आएको बाढीमा परि ३ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाढीका कारण ९ सय बढी घर ध्वस्त भएका छन् । जापानको प्रशान्त महासागरको तटीय क्षेत्र बाढीका कारण अस्तब्यस्त बनेको छ ।
मध्य जापानको आइची र शिजुओका प्रान्तहरूमा भारी वर्षा र बाढीले बढी क्षती पुर्याएको छ । त्यहाँका अधिकांश घरहरु डुबानमा परेका छन् ।
बाढी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बाढीले बिजुलीका पोलहरुमा क्षति पुगेकाले जापानको आइची प्रान्तमा बिजुली आपुर्ती समेत बन्द भएको छ ।
सो क्षेत्रका विद्यालयहरू डुबानमा परेकाले पठनपाठन समेत अवरुद्ध बनेको छ । बाढी प्रभावित क्षेत्रमा सयौं उद्धारकर्मीहरु परिचालन गरिएको छ । एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।