जापानको अमामि-ओसिमा टापुनजिकै पूर्वी चीन सागारमा करिब ६ हजार गाई बोकेको कार्गो पानीजहाज बेपत्ता भएको छ ।
पूर्वी चीन सागरमा आएको मायसक तुफानका कारण जहाज गायब भएको हो । सो क्षेत्रमा अहिले ठूलो समुद्री छाल र आँधी आइरहेको छ ।
४३ जना क्रु सदस्य समेत रहेको जापानी समुद्री सुरक्षाकर्मीले यो जहाजका एकजनाको उद्धार गरिएको बताएका छन् । अहिले अन्य मानिसहरु र पानीजहाजको खोजी कार्य भइरहेको छ ।
जापानी समुद्री सुरक्षाकर्मीका अनुसार उद्धार गरिएका व्यक्तिले पानीजहाज तुफान अउनुभन्दा पहिला नै पानीजहाजको इन्जिनमा खराबी देखिएको बताएका छन् । पानीजहाजमा फिलिपिन्सका ३९, न्युजिल्याण्डका दुई र अष्ट्रेलियाका दुईजना क्रु सदस्य थिए ।
उक्त पानीजहाज अगष्ट १४ मा न्युजिल्याण्डबाट चीनतर्फ लागेको थियो । १७ दिनमा जहाज चीन पुग्ने अपेक्षा थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।