सन् २०१२ मा पुनः प्रधानमन्त्री निर्वाचित भएका सिन्जो आबेले राजीनामा दिएपछि जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित भएका छन् । राजीनामापछि आबेले सुगालाई मन्त्रिपरिषद्को मुख्यसचिवमा समेत नियुक्त गरेका थिए ।
आज संसदमा भएको मतदानमा ३ सय १४ मतसहित सुगा नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सञ्चारमाध्यमका अनुसार लिबरल डेमोक्रेटिक पार्टीको बहुमत रहेको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभका ४ सय ६५ सदस्यमध्येबाट सुगाले ३ सय १४ मत प्राप्त गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।