आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको बिशेष

एमाले नेता एवं पूर्वसञ्चारमन्त्रीले सडकमै कुटे सर्वसाधारण

एमाले नेता एवं पूर्वसञ्चारमन्त्रीले सडकमै कुटे सर्वसाधारण

  • मिडिया डबली
  • आइतवार, जेठ १४ २०८०

  • 4.3K
    SHARES

  • एमाले नेता एवं पूर्वसञ्चारमन्त्रीले सडकमै कुटे सर्वसाधारण

    काठमाडौं - एमाले स्थायी कमिटी सदस्य एवं पूर्वसञ्चारमन्त्री पार्वत गुरुङ विवादमा आएका छन् ।

    विगतमा झैं यसपटक पनि उनी सर्वसाधारणलाई कुटेर विवादमा आएका हुन् ।

    दोलखाबाट फर्कने क्रममा गुरुङले शनिबार साँझ काभ्रेको खावामा सडकमै सर्वसाधारण युवामाथि हातपात गरेका हुन् ।

    गाडीमा इमर्जेन्सी लाइट बालेर काठमाडौं आउँदै गरेका गुरुङले आफ्नो ‘सवारी’ मा अवरोध गरेको भन्दै अर्को गाडी चलाइरहेका युवामाथि कुटपिट गरेका हुन् ।

    वाग्मती प्रदेश ०२५च५४०२ नम्बरको निजी कारमा रहेका गुरुङले सोही बाटो भएर अघि बढिरहेको ०२३च८९२५ नम्बरका कारका चालक अमित अधिकारीलाई कुटेका हुन् ।

    पाँचखालको खावा प्रहरी चौकी चेक प्वाइन्टमा रोकिएका बेला आइपुगेका चालक अधिकारीले ‘इमर्जेन्सी बत्ती बालेर जथाभावी किन गाडी चलाएको ?’ भन्दै आफूले प्रश्न गरेपछि गुरुङ आफैं गाडीबाट झरेर अधिकारीलाई कुटेका हुन् ।

    आफूले हातपात गरेको सगर्व सुनाउँदा पनि गुरुङले केही नगरेको भन्दै प्रहरी बचाउमा उत्रेको छ । बरु उल्टै कुटाई खाने अधिकारीलाई प्रहरी चौकीमा पठाइएको थियो ।

    अधिकारीले आफूमाथि कुटपिट भएको भन्दै उजुरी दिन खोज्दा प्रहरीले मिल्नुपर्छ भनेर फर्काइदिएको उनको भनाइ छ । स्वयं आरोपीले धकेलेको भन्दा पनि काभ्रे प्रहरी भने केही होइन भनेर घटना दबाउने प्रयासमा लागेको छ ।

    गुरुङले ०७४ को स्थानीय तह निर्वाचनमा भएको विवादलाई लिएर काठमाडौंमा गुन्डागर्दी गराएका थिए । गौरीशंकर–१ का वीरध्वज खड्कालाई पिछा गर्दै गुरुङसहितको समूहले काठमाडौं गौशालामा कुटपिट गरेको थियो, यही आरोपमा उनलाई अदालतले पक्राउ पुर्जी पनि जारी गरेको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक २५ २०७७०७:३६:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend