आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको विशेष

कारबाही गर्नुपर्ने मान्छेसँग कम्युनिस्ट मन्त्री गुरुङको ‘लसपस’

कारबाही गर्नुपर्ने मान्छेसँग कम्युनिस्ट मन्त्री गुरुङको ‘लसपस’

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २३ २०७७

  • 6.4K
    SHARES

  • कारबाही गर्नुपर्ने मान्छेसँग कम्युनिस्ट मन्त्री गुरुङको  ‘लसपस’

    काठमाडौं - कारबाही गर्नुपर्ने व्यक्तिसँग सँगै उभिएर महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङ अबैध रुपमा नेपाल बस्दै आएका कतार च्यारिटीका नेपाल प्रमुख अब्दुल अजीज अल–थानीसँग सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

    अब्दुल नेपालमा बसेर काम गर्न वर्कपरमिट नलिएका व्यक्ति हुन् । उनीहरूविरुद्ध उजुरी परेपछि समाज कल्याण परिषदले कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो । उनीसँग परिषदले स्पष्टीकरण समेत सोधेको थियो ।

    परिषदद्वारा कारबाही प्रक्रियामा परेका अब्दुलसँग साउन ११ गते मन्त्री गुरुङ काठमाडौंको बुढानिलकण्ठमा ‘व्यवसायिक तालिम केन्द्र’ भवनको शिलान्यासमा सँगै देखिएका थिए । अब्दुललाई कारबाही गर्न माग गरेर अध्यागमन विभागमा समेत उजुरी परेका छन् । विभागले पनि अब्दुललाई कारबाही गरेको छैन । अब्दुल विवादास्पद व्यक्ति हुन् ।

    कतार च्यारिटीका नाममा अब्दुलले लाखौँ रुपियाँ तलव, भत्ता र सुविधाका नाममा नेपालबाट बाहिर लैजाने गरेका छन् । उनले नेपालमा वर्क परमिट नलिएर काम गरेको खुल्न आएको छ ।

    उनीविरुद्ध प्रमाणसहित परिषद, विभाग, मन्त्रालय आदिमा उजुरी पर्दासमेत कारबाही भएन । अहिले उनले कागजपत्र मिलाएको चर्चा छ ।

    भिजिट भिषामा कतार च्यारिटीमा आएका अब्दुलले मन्त्री गुरुङलाई समेत गुमराहमा राखेर आफ्नो संस्थाको कार्यक्रममा सहभागी गराएका छन् ।

    वर्कपरमिट नलिएर नेपालमा काम गर्ने व्यक्तिलाई देश निकाला गर्ने कानूनी प्रावधान छ । तर, अब्दुलले नेपालको कानूनलाई बेवास्ता गरेर अटेर गरि काम गरेका छन् ।

    उनले नेपालको कानून उल्लंघन गरेको विषयमा धेरैलाई जानकारी छ । मन्त्रालयका कर्मचारीहरूलाई समेत जानकारी छ । तैपनि कारबाही भएको छैन ।

    स्रोतका अनुसार कतार च्यारिटीका नेपाल प्रमुख अब्दुलले मन्त्रालय र परिषदका उच्च तहका कर्मचारीहरूलाइृ मोटो रकम बुझाएका छन् ।

    सोही कारण अब्दुललाई कारबाही गरेर देश निकाला गर्नुको साटो अबैधानिक रुपमा नेपाल बसेको व्यक्तिको कार्यक्रममा मन्त्री नै जान थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २७ २०७७०८:११:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend