आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सञ्चारमाध्यमका लागि सञ्चारमन्त्रीले ल्याए नयाँ योजना

सञ्चारमाध्यमका लागि सञ्चारमन्त्रीले ल्याए नयाँ योजना

  • मिडिया डबली
  • बुधवार, कार्तिक १९ २०७७

  • 4.9K
    SHARES

  • सञ्चारमाध्यमका लागि सञ्चारमन्त्रीले ल्याए नयाँ योजना

    काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सञ्चारमाध्यमलाई नयाँ सोचका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    सरकारका प्रवक्ता गुरुङले राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्थान, नेपाल टेलिभिजन र  रेडियो नेपाललाई प्रभावकारी बनाउनका लागि आवश्यक ऐनकानूनको निर्माण गर्न आफू लागिपर्ने स्पष्ट पारे।

    गोरखापत्र संस्थानको अनुगमनका क्रममा मन्त्री गुरुङले   बदलिँदो परिवेशअनुसार अघि बढाउनका लागि संस्थालाई सञ्चार केन्द्रका रुपमा स्थापित गराउने गरी कार्ययोजना बनाउन  विभागीय प्रमुखहरुलाई आग्रह गरे ।

    “सबैलाई सुखी र खुशी बनाउने उद्देश्यका साथ ११८ वर्षअघि स्थापना भएको गोरखापत्र संस्थानलाई ‘समृद्ध नेपालः सुखी नेपाली’ को राष्ट्रिय संकल्पअनुसार अघि बढाउन आवश्यक छ”, मन्त्री गुरुङले भने, “त्यसका लागि गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीहरुले नयाँ सोचका साथ काम गर्नुपर्छ ।”

    उनले कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी सन्देश प्रवाह हुने गरी प्रकाशन तथा प्रसारणको काम गर्नका लागि विशेष ध्यान दिन पनि सरकारी सञ्चारमाध्यमको ध्यानाकर्षण गराए ।

    सो अवसरमा सञ्चा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले आर्थिक भार नहुने गरी कर्मचारीको व्यवस्थापनमा ध्यान दिन संस्थानका पदाधिकारीलाई सुझाव दिए । 

    संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले निजी क्षेत्रको सञ्चारगृहसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा गोरखापत्र संस्थान पुगेको जानकारी गराएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २७ २०७७०८:११:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend