काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी संंचार माध्याम नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिको काठमाडौंस्थित केन्द्रीय कार्यालयको छुट्टाछुट्टै अनुमगन गरेका छन् ।
यस क्रममा उनले कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम प्रशारण गर्न संचार माध्यामहरुलाई आग्रह गरेका छन्।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि जनतालाई सही सूचना दिन सरकारी संचार माध्यमहरुले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
सरकारले गरेका राम्रा काम जनताको माझ लैजाने दायित्व संचार माध्यामहरुको भएको उल्लेख गर्दै त्यसमा नचुक्न पनि सचेत गराए । ‘जनतालाई सही सूचना दिने दायित्व संचार माध्यमको हो,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि सरकारी संचार माध्यामले विशेष भूमिका निर्वाह गर्नुपर्छ।’
संचारमन्त्री गुरुङले, सरकारी संचार माध्याम विगतमा राजनीतिक आस्थाको गोटी बनेकाले त्यसको स्थायित्व र विकासमा समस्या देखिएको उल्लेख गर्दै अब त्यसो हुन नदिने प्रतिवद्धता व्यक्त गरे।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।