काठमाडौं- नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जिम्मेवारी सम्हालेको पहिलो दिनबाटै कडाइ सुरु गरेका छन् ।
उनले आफू गलत नगर्ने र गलत ढंगले प्रस्तुत हुनेहरुका लागि आफुले पनि त्यस्तै कदम चाल्ने चेतावनी दिएका छन् ।
बुधबार महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्रीबाट सञ्चारमन्त्रीको जिम्मेवारी पाएका गुरुङले पदभार ग्रहण गर्दै भनेका छन्, ‘म पनि गलत गर्ने छैन, तपाईंहरुले गलत गरेको स्वीकार्ने छैन । तपाईहरुसँग मेरो यही सम्झौता हो ।’
उनले चुनौतीपूर्ण तरिकाले आफ्नो कार्यकालको १०० दिनमा गलत अभ्यासको पहिचान गरेर अन्त्य गर्ने बताएका छन् । यसबीचमा उनले भनेका छन्, ‘मन्त्रीले कुरा बुझेको छ कि छैन । यति कुरा त अलमल्याएर यसरी नै जान सकिन्छ भनेर तपाईहरुले पनि बाङ्गोटिङ्गो बाटो लिनुभयो भने म छिटो बुझ्न प्रत्यन गर्नेछु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।