पोखरा– गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । पाण्डेले विश्वासको मत लिने गरी दिउँसो २ बजे संसद बैठक डाकिएको छ ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनमा पाण्डे वैशाख १४ मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्तिको भोलिपल्ट शपथ लिएका उनले २ जना बिनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।
उनले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा विश्वासको मत लिन लागेका हुन् । ६० सिट रहेको गण्डकी प्रदेशमा बहुमतका लागि ३१ सिट आवश्यक पर्छ ।
गण्डकीमा कांग्रेसको २७ सिट, सत्तारुढ माओवादीको सभामुखबाहेक ७ र एकीकृत समाजवादीको एक सिट गरी ३५ सिट छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।