काठमाडौं - गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे दाबी पेस गरेका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिएको समय सकिन एक घन्टाअघ पाण्डेले नयाँ सरकारको नेतृत्वका लागि दाबी पेस गरेका हुन् ।
कांग्रेस र माओवादीबीच आधा आधा कार्यकाल मुख्यमन्त्री लिने सहमति भएको छ । गण्डकीमा नयाँ सरकार बनाउन कांग्रेस र माओवादीको संसदीय दलको बैठकले निर्णय गरेको थियो ।
एमाले नेता खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेपछि नयाँ सरकार बनाउन कांग्रेस र माओवादीबीच सहमति भएको थियो । सोही सहमतिअनुसार कांग्रेसका दल नेता पाण्डे मुख्यमन्त्रीमा प्रस्तावित भएका हुन् ।
गण्डकी प्रदेशमा कांग्रेस र माओवादीका बहुमत सांसदको हस्ताक्षरसहित सरकार बनाउने प्रस्ताव पेस गरिएको छ ।
आजै प्रदेश प्रमुख गुरुङले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नेछन् । मुख्यमन्त्री पाण्डेले शुक्रबार शपथ लिने र मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।