काठमाडौं- विकसित र अल्पविकसित देशमा के फरक छ भनेर हेर्न दुईवटा उदाहरण नै काफी छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । आफूमाथि लागेका विभिन्न ३४ वटा गम्भीर अपराधको अभियोगमा ट्रम्प अदालतमा उपस्थित भएका छन् ।
अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने ट्रम्प पहिलो पूर्वराष्ट्रपति बनेका छन् । ट्रम्पलाई गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मीलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौँ डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइट हाउसबाट महत्त्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति चुनावको मतपरिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद् भवनमा आक्रमणका लागि उक्साएकोलगायतका आरोप छ । आफूमाथि लागेको अभियोगको विषयमा उनी अदालतमा उपस्थित भएका छन् । कानुनको सम्मान गरेका छन् । यस विषयमा उनले ठूलो स्वरले कोही कसैलाई गाली गरेको सुनिएन ।
तर नेपालमा भने महिलामाथि हिंसा गर्नेको वाहवाही छ । उनीहरूको स्वर ठूलो छ । तीन–चारवटा श्रीमती फेर्ने रवि लामिछाने अहिले धेरैका आदर्श बनेका छन् । उनले जे बोले पनि पत्याउने एउटा जमात छ । रविको विरोधमा बोल्यो कि सामाजिक सञ्जाल र बाहिर आक्रमण गर्ने झुन्ड तयार छ । वैधानिक रूपमै रविले दुईवटी श्रीमती बिहे गरेको, अमेरिकामा एउटी प्रेमिकाबाट छोरो जन्मेको खुलिसकेको छ । दुईवटा देशको नागरिकता र राहदानी लिने उनले नै अहिले नेपालमा कसरी राजनीति गर्ने म सिकाउँछु भन्दै अर्ति उपदेश दिन थालेका छन् । उनले नेतृत्व गरेको पार्टी रस्वपालाई जनताले पत्याइरहेका छन् । कुन दिन झुटको पुलिन्दा खुल्ने हो एकिन छैन ।
क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको आरोप छ । तर तिनै सन्दीप निर्दोष भन्दै महिलाकै चरित्रहत्या गर्नेको संख्या बढिरहेको छ । कलाकार पूर्णविक्रम शाहले बलात्कार अभियोगमा सफाइ नै पाए । अहिले नेपालको अधिकांश युवायुवती तिनै सन्दीप, पूर्णविक्रम, रवि लामिछानेको पछि लागेको छ । यसले नै देखाउँछ समाजको असली चरित्र ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।